site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ मा ४० हजार जनामा पीसीआर परीक्षणको तयारी, १५ हजार बेडको होल्डिङ एरिया
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले परीक्षणको दायरा फराकिलो बनाउने तयारी थालेको छ । 

परीक्षणको दर ४० हजारभन्दा बढी पुर्‍याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ ।

Agni Group

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरू र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने, ‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमुना ल्याई गरिने पीसीआर परीक्षण गर्न लागेका छौं । ४० हजारभन्दा धेरै नागरिकमा कोरोना परीक्षण गर्ने सकारको तयारी छ ।’’ राईले परीक्षणबाट नै संक्रमणको अवस्था प्रष्ट हुनेसमेत उल्लेख गरे ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरूलाई उच्च, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सयभन्दा धेरै मानिसमा पीसीआर विधिमार्फत् कोरोना परीक्षण भइसकेको छ । 

Global Ime bank

कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोसी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहक्षेत्रमा २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ । 

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत भएको छ  । कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । 

होल्डिङ एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यतिबेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC