site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बन्द रंगशालामा खेल्ने वातावरण बनाइदिनुस् : शेर्पा
Ghorahi CementGhorahi Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बन्द रंगशालामा खेल्ने वातावरण बनाइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई अपिल गरेका छन् ।

एन्फाले आयोजना गरेको टेक्निकल रिपोर्ट सार्वजनिक कार्यक्रममा अध्यक्ष शेर्पाले युरोपियन देशहरूमा जस्तै नेपालमा पनि खेलमा सहजीकरण गरिदिन सिलवाललाई आग्रह गरेका हुन् । 

Agni Group

“धेरै देशहरूमा विनादर्शक लिग सुरु भएका छन् । सकिन्छ भने हामीलाई पनि त्यो अवस्था सृजना गरिदिनुस्,” एन्फा अध्यक्ष शेर्पाले भने, “बीचैमा रोकिएको बी डिभिजन लिग, त्यस्तै सी डिभिजन, महिला लिग तथा राष्ट्रिय लिगलगायतमा मुख्य कार्य सम्पन्न भयो भने अर्को वर्ष थप कार्य गर्न सहज हुनेछ ।”

उनले खेलाडी र प्रशिक्षकका लागि समेत विभिन्न नयाँ कार्यक्रम ल्याएको जानकारी दिए । जिल्ला तहदेखि नै खेलाडीको स्तर उन्नतिका लागि आईटी र अनलाइन सिस्टमको तयारी गरेको शर्पाले जानकारी दिए । उनले कोरोना भाइरसको महामारीमा दशरथ रंगशालालाई क्‍वारेन्टाइनका लागि प्रयोग नगरिदिन राखेप सदस्यसचिव समक्ष माग राखेका छन् ।

Global Ime bank

पछिल्लो समय रंगशाला पनि क्‍वारेन्टाइनका लागि प्रयोग गर्ने भन्ने हल्ला चलेको छ । अहिले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइरहेका बेला क्‍वारेन्टाइन बनाउँदा मैदान काम नलाग्‍ने हुनसक्ने उनको भनाइ छ । त्यस विषयमा सदस्यसचिवले गम्भीर भई रंगशालाको साटो अन्यत्र क्‍वारेन्टाइन बनाउनका लागि आगह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC