site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा बर्खे अविधेशनको तयारी तीव्र, स्वाब नमुना लिइयो
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना जोखिमका कारण प्रदेशसभाको हलमा दूरी कायम गर्दै नयाँ कुर्सी व्यवस्थापन गरिएको छ । 

यसरी व्यवस्थापन गर्दा एउटै हलमा सबै अटाउन मुस्किल भएपछि केही सांसदहरुलाई माथिल्लो तलामा स्क्रिनबाट प्रत्यक्ष प्रसारणमार्फत बैठकको कारबाहीमा सहभागी गराउने सचिवालयले तयारी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले तल ६३ वटा कुर्सी प्रदेशका सांसदहरूका लागि व्यवस्थापन गरिएको बताए । भने, ‘‘नअटाउने माननीयहरूलाई स्क्रिनमा बैठक लाइभ देखाउने प्रबन्धसहित माथिल्लो तलामा व्यवस्थापन गरिएको छ ।’’ पत्रकारहरूले पनि मिडिया सेन्टर वा माथिल्लो तलामै राखिने स्क्रिनमा बैठकको कारबाही हेर्न र रिर्पोटिङ गर्न पाउने पराजुलीले बताए ।

प्रदेश १ मा ९३ जना सांसद छन् । बर्खे अधिवेशन यही जेठ १४ गते २ बजेको लागि बोलाइएको छ । अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ । बैठकमा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षामा खटिने सुरक्षाकर्मी र रिर्पोटिङमा जाने पत्रकारहरूका आज नै कोरोना परीक्षण गर्न स्वाब संकलनको काम सुरु भएको छ । 

Global Ime bank

सभामुख प्रदीपकुमार भण्डारीले अहिले परिस्थिति अलि फरक र संकटग्रस्त भएकाले सावधानीका सबै उपाय अनपाइएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC