एक सय यात्रु बोकेको विमान पाकिस्तानको कराचीमा दुर्घटना

एक सय यात्रु बोकेको विमान पाकिस्तानको कराचीमा दुर्घटना

इस्लामावाद । पाकिस्तानको दक्षिणी सहर कराचीमा शुक्रबार करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको छ । 

उक्त विमान कराचीस्थित आवासीय क्षेत्रमा दुर्घटना भएको पाकिस्तानी नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रकव्ता अब्दुल सात्तार खोखारले भने, "कराचीमा विमान दुर्घटना भएको छ । हामी अहिले यात्रुको संख्या पुष्टि गरिरहेका छौं । तर, विमानमा ९९ यात्रु र आठ चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।" 

लाहुरबाट आइरहेको विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भएको भन्‍ने पुष्टि हुन सकेको छैन ।
 

प्रतिकृया दिनुहोस
ad