‘अरू कुनै विषयले कोरोना ओझेल नपरोस्’

‘अरू कुनै विषयले कोरोना ओझेल नपरोस्’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू विषयले कोरोना सङ्क्रमण ओझेल पर्न नहुने बताएका छन् ।

लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने सरकारको निर्णय, भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र पार्टीभित्रको विवादले कोरोना ओझेल पर्न सक्ने उनले चिन्ता प्रकट गरेका हुन् ।

माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले कोभिड–१९ सङ्क्रमणको विस्तारै फैलँदो क्रममा रहेको भन्दै चिन्ता प्रकट गरेका हुन् ।

“कोभिड–१९ सङ्क्रमणको स्थिति हेर्दा नेपालमा यो विस्तारको क्रममा देखिन्छ । त्यसैले मापदण्ड अनुरूपको क्‍वारेन्टाइन, व्यापक पीसीआर परीक्षण, डेडिकेटेड अस्पताल, आइसोलेसन वार्ड, सुरक्षित स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीहरूको व्यवस्थामा गम्भीर बन्न आग्रह गरेका छन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका श्रेष्ठले अरू कुनै कुराले यो मुख्य विषय ओझेलमा पर्न नहुने ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिकृया दिनुहोस
ad