site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलकुद गतिविधिको भविष्यबारे यसै भन्न सकिँदैन : सिलवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाली खेलकुद गतिविधिको भविष्यबारे अहिलेको अवस्थामा यसै भन्न नसकिने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल रिपोर्ट सार्वजनिक कार्यक्रममा उनले हाल नेपाली खेलकुद गतिविधिको भविष्य अन्योल रहेको बताएका हुन् । 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको नेपाली खेलकुद सुरु गर्न अझै केही समय लाग्ने सिलवालले बताए । “यसअघि नेपालमा कोरोनाको अवस्था सामान्य भएकाले खेलकुद सुरु गर्ने योजना बनाएका थियौ‌ं । तर, फेरि कोरोना भाइरसको संक्रमण बढ्दो छ । त्यसैले खेलकुद गतिविधि सुरु गर्न केही समय पछि धकेलिएका छौं,” सिलवालले भने, “यसअघि हामीले बन्द रंगशालामा भए पनि खेलकुद गतिविधि सुरु गर्ने योजना अघि सारेका थियौं । स्थगित भएको बी डिभिजन लिग मात्रै भए पनि सक्ने प्रयास गरेका थियौं । तर, त्यो सम्भव हुन सकेन ।”

Prabhu Bank
Agni Group
NIC Asia

‘सरकारले स्वीकृति दिए प्रतियोगिता गराउँछौं’

अब खेलकुद गतिविधि कहिले सुरु हुन्छ भनेर भविष्यवाणी गर्न नसकिने उनले बताए । “सरकारको नियम पनि पालना गर्नैपर्‍यो,” उनले भने । यसअघि बाह्रखरीसँग कुरा गर्दै सदस्य–सचिव सिलवालले जेठ पहिलो सातादेखि खेलको प्रकार हेरेर खेलकुद गतिविधि सुरु भएको जानकारी दिएका थिए । वैशाख २८ गते पाँच संघका प्रशिक्षकलाई डाकेरै प्रशिक्षण सुरु गर्न आग्रह गरेको जानकारी दिएका थिए । तर, हाल बोली फेर्दै खेलकुद गतिविधि सुरु गर्न सकिने अवस्था नभएको बताए । 

सदस्य–सचिव सिलवालले मोफसलका गोल्डकपहरूलाई पनि व्यवस्थित गर्न आग्रह गरेका छन् । गोल्डकपको ग्रेड छुट्याउँदै प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र खेलमा योगदान पुग्नेछ । नत्र नामको मात्रै प्रतियोगिता हुने उनले बताए । सिलवालले घरेलु लिगको स्तर बढाउँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय लिगहरू खेल्न सक्ने वातावरण सिर्जना गर्नसमेत सुझाव दिए । 
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC