site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दार्चुलामा बाटो निर्माणमा जुट्यो सेना
Ghorahi CementGhorahi Cement

दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्‍न सुरुआत  गरेको छ ।  सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घोडेटो बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित  सेना खटिएको हो ।
 
बिहीबार  हेलिकोप्टमार्फत् आवश्यक सामग्री घाँटीबगर नजिकै थी भन्ने क्षेत्रमा पुर्‍याइएको सेनाले जनाएको छ । काम शुक्रबार (आज) बाट हुने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए । यसका लागि दक्ष प्रावधिक जनशक्ति, थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज पुर्‍याउने काम जारी रहेको उनले बताए । सामान र जनशक्ति ढुवानी शुक्रबार पनि  जारी रहनेछ । 

व्यास गाउँपालिका–१ मा पर्ने छाङमा ११५ घरधुरी तथा तिङ्करका ६५ घरधुरीका स्थानीयको आवतजावतका लागि बाटो बनाउन  लागिएको हो । दुई गाउँमा एक हजार २०० जनसङ्ख्या रहेको छ । नेपाली भूमि भएर बाटो नहुँदा छाङ र तिङ्करका स्थानीय बिहीबार भारतीय बाटो हुँदै व्यास उक्लिएका छन् । तर केही छाङका स्थानीयवासीले पशुचौपाया नेपालकै बाटो ल्याएकाले उनीहरुका लागि बाटो खोल्न लागिएको हो । 

Agni Group

नेपालको भूमि भएर व्याससम्म पुग्‍न मौराभेल ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या भएको थियो । यो क्षेत्रमा बाटो नहुँदा आवतजावत गर्न नेपालतिर नसकिएको व्यास गाउँपालिका वडा नं १ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए ।

यो क्षेत्रमा तत्कालै बाटो खुलाउनका लागि सेनाको प्रावधिक जनशक्तिसहित प्लस नफ्रीको फौज घाँटीबगर इलाकाको थी इलाकामा तैनाथ गर्ने योजनाअनुसार सेना खटिएको छ । सडकखण्ड सञ्चालन भएपश्चात स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।

Global Ime bank

व्याससम्म पुग्‍न बाटो नहुँदा गत वैशाख ३१ गते सेनाकै हेलिकोप्टरमार्फत् सशस्त्र प्रहरी र नेपाल प्रहरी छाङ पुर्‍याइएको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ मा बसेको बैठकले महाकाली करिडोर ९दार्चुला–तिङ्कर सडक योजनाअन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमि सडकखण्ड बनाउन नेपाली सेनालाई दिने निर्णय गरेसँगै सेना यो क्षेत्रमा खटिएको हो । 

आर्थिक वर्ष २०६५/६६ बाटै निर्माण सुरु गरिएको दार्चुला–तिङ्कर सडकको हालसम्म ४० किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ । चीनको सीमासम्म सडक पुर्‍याउनका लागि अहिलेको अवस्थामा सडक योजनमार्फत् नहुने भएपछि बाँकी काम सेनालाई दिइएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC