देश
सिन्जा । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् सर्ट हुँदा आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।
आगलागीबाट १६ लाख ११ हजार ३०० रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताइन् । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए ।
आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७ १२:३३
प्रतिक्रिया दिनुहोस्