site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमामा अलपत्र नेपालीलाई हेमराज ओझाद्वारा सहयोग 
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । नोभेल कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनले हजारौं मानिसहरु नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । भारतमा रेलसेवा सुरु गरेपछि दैनिक सयौं मानिसहरु सीमा क्षेत्रमा जम्मा हुन थालेका छन् । 

उनीहरुलाई भारतबाट नेपाल भित्रिन दिइएको छैन । तर, बिहीबार केही नेपालीहरुलाई स्थानीयको पहलमा नेपाल क्षेत्रमा ल्याएर क्‍वारेन्टाइनमा राखिएका छन् । उनीहरुका लागि स्थानीयहरुले सहयोग गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गौरीफण्टा नाकाबाट नेपाल प्रवेश गरी मोहनास्थित नवदुर्गा माविको चौरमा रात बिताएका आठ सय भन्दा बढीलाई नेपाली कांग्रेस कञ्‍चनपुरका महासमिति सदस्य तथा कृष्णपुर नगरपालिकाका मेयरका उमेदवार हेमराज ओझाले  शुक्रबार बिहान खाजानास्ताको व्यवस्था गरेका छन् । 

उनले बिहीबार कृष्णपुरका केहीलाई उद्धारसमेत गरेका थिए । कोरोना संक्रमण सुरु भएदेखि उनले लगातार विभिन्‍न क्षेत्रमा सहयोग गर्दै आएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC