site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्रधानमन्त्रीज्यू, विदेशमा बस्ने नेपालीको अधिकार किन खोस्दै हुनुहुन्छ ?

कोरोना भाइरसका कारण सृजित समस्याले विश्वलाइनै  प्रभावित पारेको छ र सम्पुर्ण मानव जातिलाई नै गम्भीर संकटमा पारेको छ। हजारौ मानिस हरुको ज्यान गयको छ भने लाखौ मानिसहरू सन्क्रमित भयका छन। बिश्वको अर्थतन्त्र लाई तहसनहस बनायको छ भने सिङो मानव जाती लाई  अकल्पनीय समस्यामा फसायको छ। यो महामारी बाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि कोरोनाको संक्रमण बिस्तारै बढ्दै छ भने नेपाल भित्र र विश्वभरी भयका नेपाली हरुलाइ पिडामा पारेको छ। कोरोना रोकथामको लागि गरिएको लकडाउनले पनि आम मानिस हरुलाइ थप समस्यामा पारेको छ। नेपाल भित्र लकडाउनले  गरिब,  मजदुर,  विद्यार्थी,  असहाय लाई खाद्यान्न अभावले अप्ठ्यारो पारेको छ भने बिदेस मा रहेका नेपाली हरुलाइ मातृभुमी फर्किन नपायर झनै पीडा थपेको छ। तर नेपालको कम्युनिस्ट सरकार न राहत दिन सकिरहेको छ न विदेशमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीलाई न तत्काल आवश्यक प्रक्रिया पुर्यायर नेपाल ल्याउन सकिरहेको छ।

नेपालको संविधानले नेपाली नागरिक लाइ आफ्नो देसमा बस्न पाउने जन्मसिद्ध अधिकार ग्यारेन्टी गरेको छ तर यो सरकार संविधानको भावना र मर्म बिपरित  विदेशमा रहेका नेपालीको आफ्नै मातृभूमि फर्किने अधिकार किन खोस्दै छ? गम्भीर प्रस्न खडा भएको छ। 

भारत बाट फर्कियर नेपाली सिमा सम्म आइपुगेका नेपाली हरु सिमामा अलपत्र परेर भोकभोकै रोएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ,, तपाईं लाई  ति नागरिकको पिडाले छुन्छ कि छुन्न ? आफ्नो देसको माटो हेरेर सिमाना पारी रोइरहेका हरु को रोदनले तपाइको मन दुख्छ कि दुख्दैन ? प्रधानमन्त्री ज्यु 
कोरोनाको यो महामारीको संकटमा अमेरिका, बेलायत लगायतका देशमा नेपालीले ज्यान समेत गुमाउनु परेको छ, भारतबाट फर्किएका नेपालीहरु सिमानामा अलपत्र परेका छन् । कुबेत,  कतार,  मलेसिया लगायत देशबाट फर्किन पालो कुरेर बसेका छन। यो महामारीको कारण बिदेसमा आम माफी पायका हरु पनि आफ्नो घरपरिबार भेट्न छटपटियर बसेका छन्।यो पिडामा मातृभूमि को मायाले आफ्नो देस फर्किन बसिरहेकाहरुको बिजोग छ तर सरकार सुनेको नसुनेझै भएर बसेको छ । 

Agni Group

दिनदिनै विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु देस सम्झेर रोएका छन्, तर ती नागरिक को अभिभावक बन्नु पर्ने सरकार आफै रमिता देखाउदै छ। सरकारको नेत्तृत्व गरेको पार्टी नेकपा कुर्चिको खेलमा ब्यस्त छ। सत्तको को लागि लुछाचुडी गर्दै ठीक्क छ। नागरिक का समस्या समाधान गर्ने जिम्मेवारी बाट च्युत भयर सत्तको लागि मरिहत्ते गर्ने, साम्सद अपहरण गर्ने, स्वास्थ सामग्री मा भ्रस्टाचार गर्ने लगायत का गैरजिम्मेवार, नौटङ्की र पदिय भागबन्डा को स्वार्थ पुर्ण खेलमा रमिता गर्नु अलिकति लाज लाग्छ कि  लाग्दैन होला ? नेकपाका बडेमान नेता ज्युहरुलाइ?

 विदेशमा रहेकाहरुको रेमिटान्स चल्ने, उनिहरु ले बगाएको पसिना चल्ने तर आफ्नै मातृभुमी फर्किन खोज्दा चाइ उनीहरुको केही नचल्ने? बिदेशमा भयका नेपाली हरुले  पसिना बगायर पठाएको रेमिटान्सले देशको अर्थतन्त्र धानेको छ । तर उनीहरु अहिले समस्यामा हुँदा सरकार गैरजिम्मेवार बनेर आफ्नो दायित्वबाट भाग्ने ? जिम्मेवारी बाट पन्छिने? यदि यस्तै हो भने नागरिकलाई दुख पर्दा, समस्या पर्दा, पिडा हुँदा नचाहिने सरकार  जनतालाइ कहिले चाहिन्छ ? सरकार के को लागि हो ? राज्य के को लागि हो ? अब जनताले भन्ने बेला आयको छ नागरिकको दुखमा नचाहिने सरकार हामिलाई अब चाहिन्न ?

Global Ime bank

 रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै मुलुकमा गएका नेपालीको स्वास्थ्य अबस्थाका बारेमा सरकारले चासो लिइ उनीहरूको हितमा आवश्यक कदम चाल्न पर्ने हो।

अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न भएको छ।विभिन्न देशमा रहेका नेपाली, जो नेपाल आउन चाहन्छन्, सरकार ले उनीहरूलाई तत्काल कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था गर्नु पर्ने हो। तर सरकार कानमा तेल हालेर निदाइरहेको छ।

अन्तिममा पुन अलपत्र परेका नागरिक को तर्फबाट प्रधानमन्त्री ज्यु लाई बिन्ती छ अब त ब्युझिनुहोस, उठनुहोस् र आँखा खोल्नुहोस विदेशमा र सिमामा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुहोस। बरु बिदेस बाट फर्कियका हरु लाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्दा हुन्छ तर नेपाली हुनुको नाताले  नेपाली माटोमा उभिने र मातृभुमी को मात्तृत्व पाउने अबसर बाट कसैलाई बन्चित नगर्नुहोस प्रधानमन्त्रीज्यू नत्र अलपत्र परेका नेपाली हरुको श्रापले पोल्ने छ तपाईं लाइ।
महामन्त्री, नेपाल तरुण दल


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC