site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘स्‍नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा‘स्‍नेक भेनम’ सुविधा नहुँदा बिरामीले  सास्ती भोग्‍नुपरेको छ ।  दैनिक एक/दुई बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । 

अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस गर्ने गरिएको अस्पतालका मेडिकल अधिकृत डा. दिवस ढकालले जानकारी दिए । ती बिरामीलाई स्‍नेक भेनम औषधि प्रयोग गरिने भएकाले बिरामीमा जटिल अवस्था आएमा तत्काल व्यवस्थापन गर्ने क्षमता अस्पतालमा स्रोत साधन नहुँदा उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरिएको उनले बताए ।
 
सर्पदंशका लागि आवश्यक पर्ने स्‍नेक भेनम औषधिसमेत अस्पतालमा ल्याउने नगरेको बताइएको छ । अस्पतालमा केही समययता दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका आकस्मिक विभागमा कार्यरत अहेब मदन गौतमले जानकारी दिए । सर्पदंश विषादी नदेखिए अस्पतालमै उपचार गर्ने र विष लागेको देखिए स्‍नेक भेनमको सुविधा भएको अस्पतालमा सिफारिस गर्ने गरिएको उनको भनाइ छ ।

१५ शय्या क्षमताको उक्त अस्पताल प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पताल भए पनि पछिल्लो समय सेवा-सुविधा पाउन नसक्दा अन्य प्रकारका बिरामीसमेत निराश हुँदै फर्कने गरेको बताइएको छ ।
 
अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपीडी, महिला हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन, मानसिक, एचआईभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, ल्याब, स्वास्थ्य बिमा, गर्भवती सेवा, खोप, फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC