site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘तरकारी किन्‍न पटक–पटक नजाऔं, एकैपटक ल्याऔं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) तरकारीबाट नसर्ने चिकित्सकहरू बताउँछन् । तरकारी राम्रोसँग सफा गरेर पकाए कोरोना नसर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला बताउँछन् । उनले भने, “तरकारीमा कोरोना भाइरस रहेछ भने पनि राम्रोसँग पकाएर खाए असर गर्दैन ।”

उनले कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्कोमा खोक्दा वा हाछ्यू गर्दा निस्कने थुकका छिटाबाट सर्ने जानकारी दिए ।  “घर बाहिरबाट आउँदा र खाना पकाउनुअघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. बास्तोलका अनुसार दूरी कायम गरेर मात्र तरकारी किन्ने बानी गर्नुपर्छ । कोरोना भाइरसको जोखिम बाहिर जति बढी हिँड्यो त्यति बढ्ने हो, तरकारी हरेक दिन किन्न जानुभन्दा लामो समयसम्म पुग्ने गरी नबिग्रने तरकारी किनेर राख्न उनले सुझाए ।

डा. शेरबहादुर पुनले पनि तरकारी राम्रोसँग सफा गरेर पकाएर खाए कोरोना नसर्ने बताउँछन् । उनले भने, “तरकारी राम्रोसँग पकाउँदा भाइरस मर्छ ।” 

Global Ime bank

डा. पुनका अनुसार बाहिरबाट आएपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । सार्वजनिक स्थलबाट आएको अवस्थामा हात सफा नगरी आँखा, नाक, मुखमा नलैजान उनको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका कारण एक व्यक्तिबाट अर्कोमा सीधा सम्पर्कबाट सर्ने बताउँछन् । उनले तरकारी, फलफूल खाँदा राम्रोसँग पाखालेर खान र आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC