site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आइसोलेसनमा रहेका स्वास्थ्यकर्मी उपचारमा सघाउँदै
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना संक्रमित भई धनकुटाबाट ल्याइएका केही स्वास्थ्यकर्मी विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा भर्ना भएका छन् । उनीहरु आफ्नो उपचारका लागि यहाँ आएका हुन् । स्वास्थ्यकर्मी न परे बिरामीप्रतिको सेवाभावले उनीहरुलाई त्यतिकै बस्‍न दिएन । आफैं बिरामी भए पनि अन्य स्वास्थ्यकर्मीलाई सघाउन उनीहरु तत्पर भए । 

नेपाली समाजमा बिरामीप्रतिको यही कर्तव्यबोध र सेवाभावकै कारण स्वास्थ्यकर्मीलाई भगवान्‌कै  रुप मान्ने गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका चार स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलोपटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा थप ६ जनामा कोरोना देखियो । कोसी अस्पतालमा रहेका ४६ संक्रमितसँगै धनकुटाका चार स्वास्थ्यकर्मी भर्ना भएका छन् । 

कोभिड अस्पतालका फिजिसियन डा. डेन आचार्यले अस्पताल भर्ना भएका स्वास्थ्यकर्मीले नै अहिले अन्य संक्रमितको उपचारमा सघाउन थालेको बताउँदै भने, “उहाँहरू पनि आइसोलेसनमै हुनुहुन्छ तर अन्य संक्रमितको उपचार तथा स्याहारमा सकेको सहयोग गर्न थाल्नुभएको छ ।” अस्पतालकै अन्य संक्रमितको स्वास्थ्य परीक्षणलगायत काममा कोसीका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सघाउँदै आएको डा. आचार्यले बताए । उनका अनुसार सामान्य स्वास्थ्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा र डिस्चार्ज भएपछि गर्नुपर्ने कामबारे पनि सचेतना दिइरहेका छन् । 

Global Ime bank

डा. आचार्यले भने, “उहाँहरू सामान्य अवस्थाको हुनुहुन्छ । संक्रमितलाई कोरोनाबारे विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा हामीलाई सघाउँदै आउनुभएको छ ।” 

कोभिड अस्पतालमा उपचारत एक संक्रमितलाई निमोनियाँ भएको र उनको उपचारमा स्वास्थ्यकर्मीले सहयोग गरेको आचार्यले सुनाए । कोसी अस्पतालमा चिकित्सकसहित २५ स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सात दिनदेखि कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा संलग्‍न छन् । सात दिनको अस्पताल बसाइँपछि १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्यकर्मीसहित ५० जना अहिले उपचाररत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC