site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । 

राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । 

नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ । 

Global Ime bank

कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ । 

सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC