site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 ब्याजदर घटाइयो भनेमात्रै उद्योग चलाउन सकिन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्र र बकर्सबीच छलफल गर्न बनेको कार्यदलले छलफललाई अन्तिम चरणमा पुर्‍याएको छ । बुधबार भएको भएको छलफल निष्कर्षनजिक पुगेको नेपाल उद्योग वाणिज्य महासंघका बैंकिङ समिति सभापति सौरभ ज्योतिले बताए ।

“हाम्रो प्रमुख एजेन्डा भनेको कसरी ब्याजदर घटाउन सकिन्छ भन्ने हो, सबै उद्योग ठप्प छन् र अब २ हप्ता ठप्प नै रहने निश्चित भइसक्यो,” उनले भने, “त्यसपछि खोले पनि तत्काल नै माथि उठ्ने अवस्था छैन ।  सञ्चालन गरेर पहिलेकै अवस्थामा पुग्न २–३ वर्ष लाग्छ ।” 

त्यसैले कर्जाको ब्याजदर घट्यो भने उद्योग व्यवसाय चलाउन सहज हुन्छ भन्ने हो ।  लकडाउन खोल्दैमा अर्थतन्त्र सबै ठिक हुने अवस्था नरहेको उनी दाबी गर्छन् । त्यसको ‘लङट्रम रिकभरी प्यानल’ बनाउनुपर्ने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

छलफमा ‘लङट्रम रि स्ट्रक्चरिङ’ प्रक्रिया कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । 

लकडाउनपछि तरलता व्यवस्थापन पनि हुनुपर्ने र बैंकहरु पनि निजी क्षेत्र र व्यवसाय नै भएकोले बैंकहरुलाई पनि समस्या नहोस् र व्यवसायीलाई पनि सहज हुने गरी कसरी अगाडि बढ्ने विषयमा छलफल केन्द्रित रहेको उनले बताए । 

Global Ime bank

“हामीले छलफलमा लगानीयोग्य स्रोत व्यवस्थापनको उपायहरु के हुन सक्छ भनेर छलफल गरिरहेका छौं,” उनले भने, “राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात ४ प्रतिशतबाट ३ प्रतिशत कायम गर्दा ३५ अर्ब जति तरलता थपियो, तर सीसीडी ८० प्रतिशत नै छ जसले गर्दा लगानीयाग्य स्रोत भएन ।” 
यसमा राष्ट्र बैंकले एउटा ढोका खोलेर एउटा बन्द गरेको जस्तो देखिएको उनले बताए । 

त्यसमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।  सीआरआर एसएलआरमा अझै पुनर्विचार गर्ने अथवा कसरी तरलता बढाउने र कसरी आधार ब्याजदर घटाउन सकिन्छ भनेर छलफल भएको उनले बताए ।

आवश्यक परे बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नुपर्नेमा निजी क्षेत्रको जोड रहेको उनले बताए ।  जसले गर्दा बैंकहरुको ‘कष्ट अफ फन्ड’ घट्ने र कर्जाको ब्याजदर घटाउन सकिने विषयमा पनि छलफल भएको उनले  बताए ।

उद्योग वाणिज्य महासंघले राखेको प्रस्तावमा बैंकर्स पनि सकारात्मक रहेको उनले बताए । 

“निजी क्षेत्र र बैंकर्स मिलेर नै जानु प¥यो नि, उहाँहरुको मुख्य ग्राहक भनेको नै हामी हो । ग्राहक नै डुबेपछि बैंकहरुको पनि निष्कृय कर्जा बढ्न सक्छ त्यो अवस्था आयो भने के गर्ने,” उनले भने, “बैंकहरुको  नाफामा पनि प्रभाव पर्न सक्ने भयो, त्यसैले बैंकका लगानीकर्ताको प्रोटेक्सनको लागि पनि ब्याजदर घट्नुपर्छ ।”

यता बैंकर्स संघको नेतृत्व गरेका संघका कार्यकारी सदस्य तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल पनि बुधबार भिडियोमार्फत बैठक बसेको र एक चरण सबै विषयमा बृहत् छलफल भएको बताउछन् ।  उनले भने “उद्योग वाणिज्य महासंघले ५ प्रतिशत ब्याजदर भनेर माग गरेको पहिलेदेखि नै हो, हामीले उहाँहरुको कुरा सुन्यौँ अब अर्को बैंठक एक प्रकारको निष्कर्ष दिन्छ होला ।” 

अर्को बैठक एक दुई दिनमा नै बस्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC