site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाहिरबाट फर्किएकाको स्वास्थ्य जाँच गर्न चुनौती
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कैलाली । भारतलगायतका ठाउँबाट नेपाली धमाधम फर्किन थालेपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, खाना र स्वास्थ्य जाँचलगायतको व्यवस्थापन गर्ने चुनौती देखिन थालेको छ । 
  
सुदूरपश्चिम प्रदेशको गड्डाचौकी र गौरीफन्टा सीमानाका हुँदै भारतबाट नेपाली भित्रिनेक्रम पछिल्ला दिनमा बढेको छ । यसबाहेक नेपालका कपिलवस्तु, सप्तरी, सिराहालगायतका जिल्लाबाट कैलाली फर्किने पनि बढ्न थालेका छन् । गएको तीन दिनमा भारतबाट गौरीफन्टा नाका हुँदै भित्रिएकालाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयमा राखिएको कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले बताए । 
  
स्वास्थ्य सामग्रीको अभावमा उहाँहरुको स्वास्थ्यको नमूना जाँच कहिले गर्ने कसरी गर्ने भन्ने चुनौती स्थानीय तहलाई देखिएको उनले बताए । कोरोनाको सङ्कटसँगै कैलालीका स्थानीय तहले कतिपय विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिरहेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिकामा मात्रै केही दिनयता नेपालका कपिलवस्तु, सप्तरी, दाङका साथै भारतबाटसमेत गरी झण्डै ६० जना फर्किएका छन् ।
  
धनगढी उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालयका साथै कैलाली बहुमुखी क्याम्पसमा फर्किनेलाई राख्‍न थालिएको छ । उद्धार कार्यमा नगरप्रमुख नृपबहादुर ओड आफैँ खटिएका छन् । “बुधबार राति अबेरसम्म नाकामै बसेर सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्‍यौं”, उनले भने । गाउँपालिका स्तरमा कोरोनाको शङ्कास्पद व्यक्तिको आरडिटी किटमार्फत स्वास्थ्यको नमूना जाँच हुने गरेकामा अधिकांश गाउँपालिकामा यो किटको अभाव देखिएको बताइएको छ । 
   
प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आरडिटी जाँचका लागि देखिएको किटको अभावको पूर्ति गर्न पहल गरिएको बताए । “किट उपलब्ध गराइदिन सङ्घीय सरकारलाई आग्रह गरेका छौँ”, उनले भने, “सङ्घीय सरकारले किट प्राप्त गरेपछि भागमा पर्ने किट हामी पाउँछौँ ।” 

सरकारले गरेको लकडाउनको पूर्ण परिपालना गर्नुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री सुवेदीले बताए । कामको खोजीमा बाहिरिएका सङ्क्रमित क्षेत्रबाट फर्किन थालेपछि सङ्क्रमण फैलिने हो कि भन्ने त्रास स्थानीयमा देखिन थालेको छ । 

सीमा नाकाबाट उद्धार गरिँदै :
  
जिल्ला प्रशासन कार्यालयको समन्वयमा गौरीफन्टा नाकामा पुगेका नेपालीको केही दिनदेखि उद्धार भइरहेको छ । बुधबार ८५८ को उद्धार गरी विभिन्न क्वारेन्टाइनमा राखिएकामा आज झण्डै २२६ जनाको उद्धार गरिएको छ । 
 
यसअघि कतिपयलाई स्वास्थ्य जाँचविना नै भित्र्याएकामा आज सीमामा आरडिटी जाँचको व्यवस्था गरिएको छ । भारतका विभिन्न शहरबाट फर्किने बढेपछि उहाँहरुको व्यवस्थापन गर्न चुनौती थपिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए ।
  
धनगढीको कैलाली बहुमुखी क्याम्पस, त्रिनगर सीमा नाकाको नवदुर्गा माविलगायत शैक्षिक संस्थालाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ । यसैबीच सीमापारी भारतको पलिया बजार र आसपासका क्षेत्रमा व्यवस्था गरिएका क्वारेन्टाइनमा ७११ नेपाली बसिरहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC