site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेल्फ क्वारेन्टाइनका ३० दिन
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘राजनजी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले अलि डिस्टर्ब गर्लाजस्तो छ, कार्यक्रम एक साताअगाडि सार्नुपर्लाजस्तो छ । तपाईंको समय के छ,’ क्यानडाबाट आयोजक मधु आचार्यले साेधे । 

राजनको कार्यतालिका खुकुलो नै थियो । आयोजकको प्रस्ताव स्विकार्दै उनले भने, ‘हुन्छ म आउँछु ।’ 

मार्च २२ तारिख भ्यानकुवरबाट कार्यक्रम सुरु थियो । राजनराज १६ तारिख त्यसतर्फ जाने कार्यक्रम थियो । तर कोरोनाको संक्रमण क्यानडामा पनि देखिन थालेपछि आयोजकले एक साताअगाडि नै बोलाएको थियो । राजनराज नयाँ कार्यतालिकाअनुसार एक साताअगाडि नै क्यानडा पुगे ।

Prabhu Bank
Agni Group
NIC Asia

क्यानडा पुगेको पाँच दिन भएको थियो । भ्यानकुवरदेखि टोरन्टोसम्म सातवटा कार्यक्रम तय भइसकेको थियो । अरू ठाउँमा पनि कार्यक्रम गर्ने तय हुँदै थियो । कार्यक्रम निश्चित भइसकेका सहरमा आयोजकले टिकट बिक्री गरिसकेको थियो । 

तर कोरोनाको संक्रमण तीव्र गतिमा फैलिँदै थियो । एकातिर मान्छे बिरामी भएर जीवन र मृत्युको दोसाँधमा छन्, यो क्रम दिन दुई गुणा रात चौगुणा फैलिरहेको छ । अर्कोतिर रामरौस गर्दै रमाइलो यो त मानवता र नैतिकताले पनि दिँदैन भन्दै राजनराजले आयोजकलाई भने कार्यक्रम नगरौं, पछि गरौंला । आयोजकहरू भन्दै थिए, ‘टिकट बिक्री भइसकेको छ, सबै नगरे पनि एउटा मात्रै भए पनि गरौं ।’

Global Ime bank

‘नैतिकताका हिसाबले पनि कार्यक्रम गर्नु उचित हुँदैन । हाम्रै कार्यक्रममा सहभागी भिडभाडबाट कोरोना फैलियो भने पछि राम्रो पनि हुँदैन त्यसैले नगरौं ।’

आयोजक कार्यक्रम पछि गर्न राजी भयो । 

कार्यक्रम पछि सार्ने निर्णय गरेकै दिन क्यानडाले पनि ५० जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गर्दै तीन दिन पछिबाट लागु हुने निर्णय गर्यो । 

नेपाल फर्किन २१ तारिखको टिकट लिएका थिए । सरकारले २२ तारिख मध्ये रातबाटै उडान बन्द गर्ने निर्णय गरेको उनले मन्त्रिपरिषद्को निर्णय सामाजिक सञ्जालमा देखे । कसरी फर्किने ? छट्पटी भयो । राजनराजलाई लाग्यो अब म क्यानडामै थुनिने भएँ । 

आयोजकले बिहानबाट टिकट बुझ्न सुरु गरेको दिउँसो १२ बजे बल्ल एउटा टिकट भेट्यो । त्यसमै मलेसिया हुँदै काठमाडौं फकिर्नुपर्ने भयो । 

“१८ तारिख थियो । म प्रायः बाहिर गएकाबेला केही काम नहुने भएकाले बिहान १०/११ बजेसम्म सुत्छु । तर त्यसदिन ५ बजे नै ब्युझिएँ । फेसबुक हेर्दा दुई दिन पछिबाट उडानहरू बन्द गर्ने मन्त्रिपरिषदको वक्तव्य देखेँ,” उनी भन्छन्, “मलाई लाग्यो अब म यहीँ थुनिएँ । आयोजकलाई फोन गरेँ ।

उहाँहरूले आत्तिनु पर्दैैन टिकट नपाए यतै बसौंला भन्नुभयो । म सँग भिसा पनि थियो । तर मलाई बस्न मन थिएन । नेपाल नै फर्किन चाहना थियो । म त्यो दिन अलिकति ढिलो ब्युँझिएको मात्रै भए पनि टिकट पाउने थिइनँ । संजोगले एउटा टिकट पाइयो । र त्यसबाटै फर्किएँ । होइन भने म उता परिवार यता । के थाहा म फर्किन्थे कि फर्किन्नथेँ ।”

० ० ०

त्यो बेला कोरोना संक्रमणको जोखिम हवाई यात्रामा बढी छ भनिँदै थियो । कारण को कहाँबाट कसको सम्पर्कमा रहेर हवाई यात्रामा आइपुगेको हुन्थ्यो थाहा हुँदैन थियो । त्यसैले क्यानडा–टोकियो–मलेसिया हुँदै लामो हवाई यात्रा गरेका राजनराजलाई डर लाग्यो । मनमा प्रश्न उठ्यो, ‘कतै मलाई पनि संक्रमण त भएन ?’

सरकारले अन्तर्राष्ट्रिय उडानबाट आएकाहरू क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको थियो । एकातिर सरकारको आग्रहलाई पालना गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नु थियो । अर्को आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल गर्दै सामाजिक दूरी कायम गरेर कम्तिमा १४ दिन बस्नु थियो । आफ्नै लागि त हो, बस्नै पर्यो । बसे सेल्फ क्वारेन्टाइनमा राजनराज । श्रीमती र दुई छोरीबाट टाढै रहे । 

सधैं सँगै बसेको कहाँ सजिलो हुँदोरहेछ र दूरी कायम गर्न ? दिन कटाउन दिनभरि फिल्म हेर्थे । करेसाबारीमा काम गर्थे । सरसफाइ गर्थे । 

दिन कसरी बिताउनेभन्दा पनि संक्रमण पो छ कि भन्ने कुराले मनमा त्रास सिर्जना गथ्र्यो । कोरोनाको लक्षण पढ्दा कति आफैंसँग मिलेजस्तो लाग्थ्यो । कतै ज्वरो पो आयो कि ? घण्टा–घण्टामा ज्वरो नाप्थे । भन्छन्, “सेल्फ क्वारेन्टाइनको १४ दिन मैले सबैभन्दा धेरै गरेको काम ज्वरो नाप्ने नै हो ।”

जिन्दगीको माया मान्छेलाई कति धेरै हुँदोरहेछ ? उनले अनुभूत गरे ।”

त्रासदीपूर्ण १४ दिन सकिनै लागेको थियो । जिन्दगी केही नहुने भयो भन्ने खुसी सञ्चार हुँदै थियो । उनले समाचार पढे २० दिनसम्म पनि संक्रमणको खतरा रहन्छ । फेरि सुरु भयो मनका शंका । के थाहा ३० दिनभित्र पनि त देखिन सक्छ ।

अरूमा देखिँदा ममा देखिँदैन भन्ने के छ ? अन्तरसंवाद सुरु भयो । र फेरि सुरु भयो अर्को दुई साताको सेल्फ क्वारेन्टाइनको बसाइ । भलै थपिएको दुई साता अघिल्लो १४ दिनको जति त्रासको पारो चढेन । तर डरको अंश भने कायम थियो । यी दुई सातामा थर्मोमिटरले पनि अलि होलो पायो । 

० ० ०

३० दिन कटेको बिहान राजनराजलाई जिन्दगी सुरक्षित रहेको महसुस भयो । उनले लामो श्वास फेरे । लाग्यो, ‘अबचाहिँ बाँचियो ।’

क्यानडाबाट फर्किएको ४० दिनसम्म उनले गीतसंगीतको केही काम गरेनन् । कारण उनी त्रास र दबाबमा काम गर्दैनन् । त्यसैले कोरोनाको त्रासमा उनले गीतसंगीतको काम गरेनन् । 

जब मानसिक तनाव हट्यो । संसारै फुर्सदिलो भएको यो समयमा उनी पनि फुर्सद भए । र सुरु गरे सिर्जनाको काम । केही गीत आफैंले लेखे । केही अरूले लेखेका गीतमा कम्पोज गरे । गीतकार राजेन्द्र थापा, डा. राजुबाबु श्रेष्ठ, हरिहर तिम्लिसेना र दुर्गाबहादुर सुवेदीसँग राजनराजले यो लकडाउनमा सहकार्य गरे । उनीहरूका गीत कम्पोज गरे । एउटा गीत आफैं लेखे । अहिले एरेन्जरकोमा गीत पुगेका छन् । केही त एरेन्ज पनि भइसके । “अब रेकर्ड गर्न मात्रै बाँकी हो,” राजनराजले सुनाए । 

लकडाउनमा लेखिएका गीत भए पनि लकडाउन र कोरोनाको सेरोफेरो समेटेका गीत होइनन् उनले कम्पोज गरे । सामान्य समयमा गरिने जस्तै गीत छन् । उनकै शब्दमा केही माया प्रेमका केही स्वदेश गान । 

कोरोनाका गीतका लागि अफर नआएको त होइन । तर उनले त्यो काम गरेनन् । कारण समय र विषयको परिधिमा बसेर भन्दा स्वतन्त्र भएर काम गर्न  उनी रूचाउँछन् । 

त्यसो भए चलचित्रका उनका गीत ? प्रश्न स्वाभाविक रूपमा जन्मिन्छ । 

“चलचित्रमा समावेश गरिएका मेरो गीत संयाेगले चलचित्रकाे विषय र परिवेशसँग  मिलेका हुन् । धेरै गीत त मैले अगाडि नै तयार पारेका गीत चलचित्रमा प्रयोग गरिएका हुन्,” उनको जवाफ छ । 

“सर्जक आकाशमा उड्ने पक्षी हो, र पक्षी सधैं स्वतन्त्र हुन्छ । १२ वर्षअगाडि जसरी म कसैको दबाब बिना फुर्सदमा आफूलाई मनपर्ने गीत बनाइरहेको थिएँ,” राजनराज भन्छन्, “आज पनि म त्यही परिस्थितिमा काम गरिरहेको छु । आफैंलाई मनपर्ने गीत गाइरहेको छु । पहिला आफूलाई मन पर्नुपर्ने रहेछ । आफूलाई मन परेको गीत स्रोता दर्शकलाई पनि मनपर्दोरहेछ ।”

० ० ०

संसार शून्य प्रायः छ । मान्छे घरभित्र छन् । आर्थिक गतिविधि ठप्प छ । समय त रोकिएको छैन । तर रोकिएको भान हुन्छ राजनराजलाई । हुँदा खानेहरू समस्यामा परिसके । अर्काले दिएको राहतको कति दिन चल्छ । अथवा चल्नै छाडिसक्यो ? थाहा छैन । अब त हुने खानेहरूलाई पनि समस्या हुने बेला भइसक्यो । तर खोई हाम्रो सरकारको योजना ? उनी प्रश्न गर्छन् । जवाफ आजसम्म उनले कतै देखे भेटे र सुनेका छैनन् । तर उनले सुनेका छन् । कलाकारहरूले सरकारलाई कर तिरेका छन् र उनीहरूका लागि सरकारले राहत प्याकेज ल्याओस् ? त्यसैले उनलाई आशै छैन सरकारले अभिभावकत्व लिएला भन्ने । तर राजनराज भन्छन्, “हामी जनताले पनि संयम गुमाउनु हुँदैन । राज्यले पनि दायित्त्व भुल्नु हुँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC