site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 नेपाल र भारतबीच सीमा विवाद र समाधान

नेपालको हाल प्रचलित नक्सा अनि आकार सन् १८१६ को सुगौली सन्धि पछाडिको हो  । 

नेपाल र भारतबीच मा १ हजार ८०८ किलोमिटर लामो सिमाना छ । यस सिमानामा ८ हजार ८५४ ओटा सीमास्तम्भ (पिलर) छन् ।

सन् १९६२  को चीन र भारतको युद्धपछि कालीपानी क्षेत्र भारतले ओगटेर बसेको हो । सन् १९८१ मा नेपाल र भारतबीच संयुक्त सीमा निर्धारण टोलि बनेको थियो । त्यसले अहिलेको नक्सा बनायो र सन् २००७ मा विघटन भएको थियो ।

Agni Group

यो संयुक्त टोलीले ९८ प्रतिशत काम सकेर दुर्इ प्रतिशत काम त्रिवेणी सुस्ता (नवलपरासी) र कालापानी (अहिलेको सिमा विवाद) बाँकी राखेर नक्सा बनाएको थियो जसमा सिमाना सम्बन्धी १८२ वोटा नक्साको स्ट्रिप तयार परेको थियो । 

विभिन्न समयमा प्रकाशित नक्साले यस क्षेत्रको अन्तर्राष्ट्रिय सिमाना तीन वा त्यसभन्दा बढीसम्म फेरेको पाइन्छ। कुनै बेला नदी र किनारालाई पछ्याएको, कुनै समय पश्चिम काली वा शारदा नदीको मुहानसँगै, कुनै बेला सानो नदी लिपुलेकलाई लिएको देखिन्छ  ।

Global Ime bank

नेपालमा सिमानाको प्रकार

बन्द सिमाना : सुगौली सन्धिभन्दा पहिले नेपाल र भारतबीच बन्द सिमाना थियो । मुख्यरूपमा पश्चिमाहरूलाई नेपाल सरहदभित्र पस्न नदिनका लागि ।

नियन्त्रित सिमाना: सुगौली सन्धिपछि भारतीयसहित सबैलाई नेपालभित्र पस्न राहदानी वा अनुमति पत्र लिनुपर्ने भयो । भीमफेदीबाट काठमाडौं पस्न राहदानी/अनुमतिपत्रको व्यवस्था थियो ।

खुला सिमाना: सन् १८६० पछि नेपालमा खुला सिमाना को अवधारणा भारतले  खेलेको एउटा दीर्घकालिन चाल थियो । यस समयमा नेपाल र अरु देशबीच व्यापार सम्बन्ध सुरू भयो । ब्रिटिस भारतले नेपालबाटबाट सालको काठ, वन्यजन्तुको अंग, जडिबुटी र छाला ठूलो परिमाणमा भारतमा ओसारेको थियो । भनिन्छ, नेपालको चारकोसे झाडीबाट लगेको सालको काठ भारतको पूरै रेल नेटवर्कको स्लिपर (रेल को लिक मा बिछ्याइएको काठ) लाई पुगेको थियो ।

•    नेपाल र भारतबीचको सिमानालाई खु सिमाना भनिन्छ । बिना रोकतोक यसरी जानआउन पाइने हुँदा अपराधी क्रियाकलापको डर बढेको छ ।

•    महाकाली नदीको मुहान नेपालले लिम्पियाधुरा भन्छ भने भारतले लिपु लेक भनेर दाबी गर्दै आएको छ । 

•    नेपाल ले सन् १८५६ को ब्रिटिस भारतले तयार परेको नक्सालाई आधार मानेर विभिन्न मञ्चमा पेस गरेको छ भने भारतले त्यसलाई मानेको छैन ।

•    इस्ट इन्डिया कम्पनिको हाइड्रोग्राफर जेमस हर्स्टले  १८२७, १ फेब्रुअरीमा प्रकाशन गरेको नक्सादेखि, सन् १८३५ मा बनाएको  इन्डिया १२ इन्डेक्स नक्सा, सन् १८४६ मा प्रकाशित कुमाउँ गढवालको नक्सा, सन् १८४८ मा बनाएको राकस ताल जाने मार्गको नक्सा, 

•    सन् १८५१ मा प्रकाशित, हिमालयन माउन्टेन रिभरको उद्धार नक्सा सबैमा महाकालीको मुहान काली नदी लिम्पियाधुरा नै देखाएको छ ।

•    भारतले पहिले नै ३३ हजार ५०० हेक्टर जमिन निलिसकेको छ र ६ हजार २०० हेक्टर जमिनलाई हाल विवादित भूमि भनी गुगल अर्थमा पनि उल्लेख गरेको छ ।

•    नेपालको नापी विभागले अझै पनि  त्रिवेणी, सुस्तासहित केही विवादित सिमाना क्षेत्रको नक्सा दिने गरेको छैन ।

•    सन् १८३५ भन्दा  अगाडिको नक्साले लिम्पियाधुराबाट उत्पत्ति भएको नदी नै काली वा शारदा नदीको मुहान हो भनेको छ ।

•    सन् १९५२ देखि १९६९ सम्म नेपालको उत्तरी सिमानामा रहेका भारतीय सेनाको चेक पोइन्टहरू कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा फिर्ता पठाइएको थियो ।

•     १. टिंकर पास (दार्चुला), २. ताक्लाकोट (बझांग), ३. मुचु (हुम्ला), ४. मुगुगाउँ (मुगु), ५. छार्काभोट (डोल्पा), ६. छुसांग ( मुस्तांग), ७. थोरांग (मनाङ्ग), ८. लार्के (गोर्खा), ९. अठार सय खोला (गोर्खा) १०. सोम्दांग (रसुवा), ११. रसुवागढी (रसुवा) १२. तातोपानी (सिन्धुपाल्चोक), १३. लामाबगर (दोलखा), १४. नाम्चे (सोलुखुम्बु), १५. चेपुवा पास (संखुवासभा), १६. ओलानचुङगोला (ताप्लेजुंग), १७. थ्याछामु (ताप्लेजुंग), १८. च्यांगथापु (पाँचथर)  मा यी चेक प्वाइन्ट राखिएका थिए ।
ऐतिहासिक दस्तावेजमा टेकेर निर्णय लिन सक्नुपर्छ

इतिहासको विभिन्न कालखण्डमा गरिएका युद्धकालीन, युद्धविराम, सीमासम्बन्धी, प्राकृतिक, नदी सम्झौता, भूमि आदानप्रदान लगायतका सन्धि सम्झौताका ऐतिहासिक दस्ताबेज सम्बन्धित मन्त्रालयमा भन्दा विदेशको पुस्तकालयमा भेटिन्छ र सुरक्षित छ । मैले थाहा पाएसम्म नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमासम्बन्धी दस्ताबेजहरु नेपालको नापी विभागमा भन्दा नापी विभागका  माथिल्लो ओहदामा काम गरिसकेका पहिलेका हाकिमहरूको घरमा बढी छ । सरकार , मन्त्रालय, सचिवहरू कसैलाई यस्ता दस्ताबेजको मतलब नै छैन । भारतसँग वार्ता गर्नुपूर्व हामी अध्यावधिक भएर, आँखामा आँखा जुधाएर बुँदा बुँदामा छलफल गर्न सक्नुपर्छ । अहिलेसम्म हामीलाई अररूले वार्ताको बेलामा हेप्ने हामि अध्यावधिक नभएर, दस्ताबेजको पर्याप्त अध्ययन नगरेर,  भूगोलसम्बन्धी न्यूनतम ज्ञान पनि नभएर र प्राविधिक ज्ञानको कमी भएर हो । अब उप्रान्त अरू देशसँग प्राकृतिक स्रोत, नदीजन्य स्रोत, सीमा, भूमि, कार्बन, औधोगिक उत्सर्जनजस्ता विषयमा सम्झौता, समझदारी गर्दा तथ्य र गहन अध्ययनसहित प्रस्तुत भएका हामी अब्बल हुनेछौँ । 

नेपालले अविलम्ब दुवै देशबीच सरकार प्रमुख स्तरमा बैठक गरेर सन् १८१६ को सन्धिमा बनेको अनुसूची नक्सादेखि हालसम्मको उपलब्ध नक्साहरू, ऐतिहासिक नक्सा र  दस्ताबेज, अनसूची, रक्षा, टोपोग्राफिक र उद्धार नक्साहरू, भूपग्रहबाट लिइएको तस्बिर स्णाटेलाइट चित्र, ब्रिटिस भारतले तयार गरेको नक्सा, हवाई तस्बिर, नदी र येसका शाखा नदीहरूको नक्सा तथा भारत र नेपालको संयुक्त टोलीले बनाएको नक्सासहितको आधारमा टुंग्याउनु पर्छ । टेबलमा बसेपछि धेरै विवादको समाधान भएको छ । भारतको विरोध गरेर समय खेर फाल्नु हुन्न । हामीले हीनताबोध गरेर बस्दा हामीलाई हानि हुन्छ ।

सामरिक महत्त्वको ३९७ वर्ग किमि क्षेत्रको लिपूलेक हामीले फिर्ता लिनुपर्छ । 

दुर्इ देशबीच को सम्प्रभुता छुट्टिने गरी भूमिलाई छुट्याउने रेखा अन्तर्राष्ट्रिय सिमाना  हो ।
अन्तर्राष्ट्रिय सिमाना बनाउने प्रक्रिया निम्नअनुसार छन् :

भूभाग छुट्याउने : दुई देशका प्रतिनिधि संलग्न भई ऐतिहासिक दस्ताबेज, नदीको बहाव, पहाडको डाँडा, बसोबास गरेको आदिवासी वा पृथिवीलाई विभिन्न भागमा विभाजन गर्ने काल्पनिक रेखालाई आधार मानी सीमांकन गर्ने । यस अवस्थामा कागजी काम अनि दस्ताबेज अध्ययन, नक्साको अध्ययन मात्र गरिन्छ र नक्सामा भूगोलको अध्ययन गरी आवस्यक मसौदा गरिन्छ । 

परिसिमन गर्ने : सन्धि, सम्झौता, हस्ताक्षर गर्नुपूर्वको अवस्था हो यो । यस अवस्थामा विज्ञहरूबीच समन्वय, वार्ता गर्ने गरिन्छ । सम्बधित विषयमा छलफल, दस्ताबेज  अध्ययन प्रक्रिया,आवश्यक सिमानाको समन्वय, परिभाषा, दुवै देशका विज्ञले गर्छन् । यो कार्य स्थलगत हुँदैन र विभिन्न चरण र स्केलको नक्सा बनाएर छलफल हुन्छ । 

सिमाना निर्धारण :  यो सबैभन्दा जटिल प्रक्रिया हो । विज्ञ टोली, ऐतिहासिक दस्ताबेज, विभिन्न चरणको प्राविधिक छलफल भए पनि दुवै देशबीचको राजनीतिक सम्बन्ध, आर्थिक पक्ष, सामरिक पक्ष, रणनीतिक पक्ष, प्राकृतिक सम्पदा, मानवीय बसोवास, धार्मिक प्रभुत्व, आदिवासीको मत आदिले निर्धारण गर्छ । सबै काम सकिएर पनि बर्सौंसम्म दुइ देशबीचको सिमाना स्थलगतरूपमा कार्यान्वयन भएको छैन । त्यसैले अन्तर्राष्ट्रिय सिमानाको सीमाङ्कनले कहिले काँही हजारौं जनाको ज्यान जोखिममा पर्न सक्छ ।

दस्ताबेज:  यस चरणमा नक्साहरुको अध्यावधिक, विवादित सिमानाको भौगोलिक तथ्यांक अक्षांश, देशान्तर र उचाइका साथै सम्बिन्धत स्थानको सबै भौगोलिक सूचनालाई दस्ताबेजमा उतार्ने काम गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC