देश
सुनसरी । कटुवा पेस्तोल, गोली र नियन्त्रित लागूऔषधसहित सुनसरीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ३६ वर्षीय कृष भन्ने कृष्णकुमार यादव हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले बीआर ५० पी १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने हतियार तथा लागूऔषध बरामद गरेको हो ।
यादवको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउन्ड तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डीसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट सहित बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७ १४:१७
प्रतिक्रिया दिनुहोस्