site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब प्रदेश सीमानाकामै सबैको आरडीटी : मन्त्री रावल
Ghorahi CementGhorahi Cement

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडीटी परीक्षण गर्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट  प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताएका हुन् । 

आरडीटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पीसीआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी  पठाउने व्यवस्था मिलाइएको उनले जनाए । 
 
 यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उनले विश्वास दिलाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ,  “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै स्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना सङ्क्रमणबाट बचाउन खोज्दा पनि दैलेख आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टिको घटनाले सरकारलाई दुखित् तुल्याएको छ ।”

Agni Group

यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टिनमा राखिएका व्यक्तिमा सङ्क्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरी नसकेकाले यस घटनाबाट भयभीत एवं त्रसित नहुन, थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सङ्क्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीवासीमा अनुरोध गरेका छन् । 
 
कोरोना परीक्षण लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीयरूपमा परीक्षण कार्यसमेत भइरहेको उनले बताए ।  पुनःपुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधानबमोजिम यस प्रदेशमा गरिएको पिसीआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबैै पोजेटिभ नमूना पुनःपुष्टि गर्न नेपालगञ्ज÷राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन उनले अनुरोध गरेका छन् ।   

पछिल्लो समयमा विदेशका जोखिमयुक्त क्षेत्रबाट कर्णालीमा प्रदेश भित्रिने नागरिकको सङ्ख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णयबमोजिम परीक्षणकार्य तीव्रताका साथ अगाडि बढाइएको जनाउँदै उनले यो सङ्कटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहेका चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, नागरिकलाई सम्मान र विशेष धन्यवाद ज्ञापनका साथ  परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र सङ्क्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC