site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो ।
 
परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो । चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ । 

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ । पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिन्धुुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC