site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुम्बईबाट एउटै बसमा आएका थिए नरैनापुरका ४७ सङ्क्रमित
Sarbottam CementSarbottam Cement

बाँके । नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ ।  

दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल प्रवेशपछि भने क्वारेन्टिनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।  

सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा राखिएको थियो । त्यसअघि संक्रमण पुष्टि भएका आठ जनामध्ये दीपेन्द्र माविकै तीन  र जयकिसान माविमा दुई, नेरा प्रावि शंकरनगरमा एक, आदर्श मावि लक्ष्मणपुरमा एक र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो ।  

Global Ime bank

गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै शहर मुम्बईबाट आएको जानकारी दिनुभयो । नरैनपुरका २३  क्वारेन्टाइनमा रहेका सबै गत वैशाख २१ देखि यही जेठ ३ गतेसम्म भारतबाट आएका हुन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC