site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नरैनापुरका ५९ सङ्क्रमितको नेपालगन्‍ज र खजुरामा उपचार
Sarbottam CementSarbottam Cement

बाँके । बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान  गरिने भएको छ । 

ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५  र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार यसअघि कोहलपुर–८ पिपरीस्थित कृषि विकास तालीम केन्द्रमा प सङ्क्रमितलाई राख्न खोजिए पनि खजुरामै राख्ने निर्णय भएको छ । 

नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड सञ्चालन गर्न कठिनाइ भएपछि सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा व्यवस्थापन गर्न लागिएको हो ।  

Global Ime bank

लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल बनाई उपचार सेवा दिने तयारी गरिए पनि बिरामीले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने देखिएपछि विकल्प खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत् सुविधा नभएको र सङ्क्रमितलाई राख्न भेन्टिलेटर तथा आइसियुलगायतक व्यवस्था हुन नसक्ने देखिएका कारण नेपालगञ्ज र खजुरामा राख्न थालिएको हो ।  

नरैनापुरमा सोमबार पुष्टि भएका सङ्क्रमितलाई आजैदेखि आइसोलेशनमा राखेर आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC