site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशबाट नागरिक ल्याउन कार्यविधि बनाउँदै सरकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारत र तेस्रो मुलुकमा अलपत्र रहेका नागरिक ल्याउने कार्यविधि बनाउने गृहकार्य सुरु गरेको छ ।

भारतले दशगजामा नेपाली ल्याएर अलपत्र छाडेपछि र विभिन्न देशको श्रमबजारमा गएका नागरिक समस्यामा परेपछि सरकारमाथि दबाब बढेको थियो ।

“हामीले समस्यामा परेका नागरिकहरूलाई ल्याउने विषयमा कार्यविधि तयार पार्न थालेका छौं,” परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाह्रखरीसँग भने, “भारतसहित तेस्रो मुलुकको श्रम बजारमा गएका नागरिकमध्ये अत्यन्त समस्यामा परेका नेपालीहरूलाई प्राथमिकता दिइनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमा संघीय सरकारका मन्त्रीहरूले गृहकार्य गरिरहेका र मन्त्रिपरिषद्‍बाट पारित गराएर नागरिक ल्याउन सुरु गरिने उनले बताए ।

उनले नागरिक पिक गर्नेदेखि ल्याएर क्‍वारेन्टाइन गर्ने र घर पुर्‍याउनेसम्मको व्यवस्थापन मिलाउने गरी कार्यविधि बनाउन लागिएको उनले बताए ।

Global Ime bank

“पहिलो चरणमा कोको नागरिक समस्यामा छन् । उनीहरू के कारणले आउन लागेका हुन् त्यसको पहिचान गर्छौं । प्राथमिकता निर्धारण गर्छौं र ल्याउने प्रक्रिया थाल्छौं,” उनले भने ।

अहिले मुलुकमा विशेषतः स्थानीय निकायले तयार पारेको क्‍वारेन्टाइनमा प्रश्न उठिरहेकाले पहिलो त्यसको व्यवस्थापन यथोचित ढङ्गबाट गरिने र सबै कुराका प्रबन्ध मिलेपछि मात्रै ल्याउन सुरु गरिने उनको भनाइ थियो ।

समितिको मंगलबारको अनौपचारिक बैठकमा पनि त्यही कुरा उठेको उनले बताए ।

“अलपत्र नागरिक यहाँ ल्याएपछि अलपत्र नपार्न व्यवस्थापन चुस्त हुनुपर्‍यो । सङ्क्रमणको जोखिम, संवेदनशीलता सबैलाई दृष्टिगत गरी आवश्यक कदम चाल्नुपर्छ,” उनले भने ।

कार्यविधि तयार भएपछि मन्त्रिपरिषद् बैठक बस्‍ने ज्ञवालीको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC