site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्याङ्जा र तनहुँका बासिन्दालाई पाल्पामा छेकबार
Sarbottam CementSarbottam Cement

पाल्पा । स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मर्कामा परेका छन् । 

धान तथा मकै गोड्ने अहिलेको समय घरनजिकै भए पनि कृषकहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा  जान पाएका छैनन् । खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिँचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ । “यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो । अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ,” स्याङ्जा चापाकोट दामाचौरका खगेश्वर कुमालले भने ।

चापाकोट नगरपालिकादेखि  गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करिब ३० कृषक छन् । चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुंगे पुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ । “खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्‍ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ, ” कुमालको गुनासो छ । 

Global Ime bank

कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान  आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादुर कुमाल बताउँछन् । “खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला,” उनले भने ।

स्याङ्जा र तनहुँमा बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका कृषक धेरै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करिब १२ कृषक  छन् । बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ ।  तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ । 

तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंसीलाई कुँडो, घाँसपराल दिन आउन-जान समस्या भएको गुनासो गर्छन् । “पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ,” उनले भने ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्‍न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक-एकजना खेतमा आउने-जाने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यसो भएका भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC