site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एक जना डिस्चार्ज हुँदा ११ जना कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए । अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

‘‘स्वाब संकलन गरी तीनवटा ल्याबमा परीक्षणको दर बढाइएको छ,’’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने,‘‘परीक्षण बढेपछि संक्रमित थपिने क्रम पनि बढेको हो ।’’ सरकारले अधिक संक्रमित भेटिएका उदयपुर, झापा, मोरङ र सुनसरीमा परीक्षण दर बढाएको मुख्यमन्त्री राईले बताएका छन् । 
उदयपुर, भोजपुर, झापा, मोरङ, धनकुटा, सुनसरी र खोटाङमा कोरोना संक्रमित भेटिएका छन् । विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशाला तथा धरानको वीपी प्रतिष्ठानमा संकलन भई आउने नमुना परीक्षणको दर बढेसंगै संख्या पनि थपिन थालेको सामािजक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । घिमिरे भन्छन्,‘‘हाम्रो ध्यान परीक्षणमा केन्द्रीत भएको छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री घिमिरेले कोरोना नियन्त्रणका लागि सरकारले द्रूत गतिमा काम गरिरहेको सुनाए ।

धरानमा भएको परीक्षणका क्रममा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई पनि कोरोना लागेको पुष्टि भएको छ । इटहरीका युवालाई बीपी प्रतिष्ठानको आइसोलेशनमा राखिएको छ । सुनसरीमा ३ जना संक्रमित फेला परेका छन् । गढी गाउँपालिकाका भेटिएका युवा भने भारतबाट ११ दिन हिँडेर नेपाल प्रवेश गरेका थिए ।

Global Ime bank

परीक्षण बढ्दा संख्या थपिँदै 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोनाभाइरस (कोभिड १९) संक्रमणको पीसीआर परीक्षण दर बढाइएको छ । परीक्षणको नतिजा विराटनगरका दुई र धरानको ल्याबबाट फटाफट आउन थालेपछि संख्या बढ्न थालेको हो । मन्त्री घिमिरेले परीक्षण दरलाई अझ बढाइने र दश दिनमा दशहजार टेस्ट गर्ने सरकारको योजनाअनुरुप काम शुरु गरिएको बताएका थिए ।

प्रदेश १ को उदयपुरमा ३३, झापामा १२, मोरङ र सुनसरीमा तीन तीन, धनकुटा, भोजपुर, र खोटाङमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा उपचारपछि ठिक भएर कोशी अस्पतालबाट १८ जना डिस्चार्ज भइसकेका छन् । 

प्रदेश दैनिक कम्तिमा ६० जनासम्मको पिसिआर परीक्षण भईरहेको छ । पछिल्लो पटक देखिएका नयाँ संक्रमित अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा पुगेकाहरु छन् । सोमबार विराटनगको कोशी अस्पतालबाट झापा दमकबाट ल्याइएका एक जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC