site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका लक्षण : ‘झाडापखाला लाग्‍नु, स्वाद र गन्ध थाहा नपाउनु’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।  चिकित्सकहरूका अनुसार विनालक्षण देखिएको कोरोना संक्रमणले जोखिम बढाएको छ ।

“तपाईंमा कोरोनाको कुनै लक्षण देखिएको छ, अथवा ट्राभल हिस्ट्री छ भने मेरो शरीरमा पनि कोरोना भाइरस हुन सक्छ भन्ने बुझ्न जरुरी छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने । कोरोना संक्रमण देखिएका ८० प्रतिशतमा विनालक्षण देखिएको उनले जनाए ।

Agni Group

“हामीले कोरोना भाइरस (कोभिड १९) को लक्षणमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउने भन्दै आएका छौं, तर कोरोनाका अन्य लक्षणसमेत देखिएको पाइएको छ,” उनले भने, “थकाइ महसुस हुने जिउ दुख्ने, टाउको दुख्ने, गन्ध थाहा नहुने र श्वास थाहा नपाउनेसमेत लक्षण हुने पाइन्छ ।”

कतिपयलाई कोरोनाका लक्षणमा झाडापखालासमेत भएको उनको भनाइ छ । उनले भने, “सुरुमा एकैपटक सबै लक्षण देखिँदैन बिस्तारै लक्षण बढ्दै जाने हुन् ।”

Global Ime bank

अहिले टेकु अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । उपचारत केहीलाई खोकी देखिएको उनले जानकारी दिए । उनले भने, “कोरोना संक्रमण देखिएर उपचाररत सबै काठमाडौंबाहिरका र तर काठमाडौंमा बस्दै आएका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC