site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  नेपालले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि के छ भारतीय मिडियामा चर्चा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारले सोमबार साँझ नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि नेपाल-भारत सीमा विवादले नयाँ मोड लिएको छ ।

यसअघि भारतले उक्त भूमि आफ्ना दाबी गर्दै ३ नोभेम्बर, २०१९ मा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी गरेपछि भारतलाई पटक-पटक वार्ताका लागि आग्रह गर्दा पनि चासो नदेखाएपछि नेपालले आफ्ना नयाँ राजनीतिक नक्सा जारी गरेको हो । 

यो विषयले भारतीय सञ्‍चारमाध्यममा विशेष स्थान पाएको छ । कोरोना महामारी बढ्दै गएको समयमा दुबै मुलुकबीचको सीमा समस्याले विशेष स्थान पाएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइम्सले 'नेपालले भारतीय भूभाग कालापानी र लिपुलेक समेट्दै नक्सा सार्वजनिक गर्ने शीर्षकमा समाचार लेखेको छ ।  
समाचारमा भनिएको छ, "नेपाल सरकारले लिपुलेक र कालापानी भारतसँगका विवादित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी विओनन्युज डटकमले 'नेपालले भारतीय भूमि समेटेर विवादित नक्सा स्वीकृत गर्‍यो' शीर्षकमा समाचार लेखेको छ ।

समाचारमा भनिएको छ, "नेपालको मन्त्रिपरिषद्ले सोमबार भारतीय भूभाग लिपुलेक, कालापानी र लिम्पियमधुरा समेटेर नयाँ विवादित नक्सालाई स्वीकृत गरेको छ ।" 

Global Ime bank

अर्को भारतीय मिडिया जीन्युजले 'नेपालको क्याबिनेटद्वारा विवादित नक्सा स्वीकृत, भारतीय भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भएको दाबी' शीर्षकमा समाचार लेखेको छ ।

समाचार भनिएको छ, "नेपालको क्याबिनेटले सोमबार अर्थात १८ मेमा भारतीय भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर आफ्नो दाबी गर्दै विवादित नक्सा सार्वजनिक गरेको छ ।" 

त्यसैगरी द हिन्दुले 'नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै' शीर्षकमा समाचार लेखेको छ ।

समाचारमा लेखिएको छ, "जस्तालाई त्यस्तै भनेजस्तै नेपालले कालापानी क्षेत्रलाई आफ्नो दाबी गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने भएको छ । कालापानी क्षेत्रमा लामो समयदेखि नेपालको भारतसँग विवाद चल्दै आएको छ ।"

बीबीसी हिन्दीले लेखेको छ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतले तत्काल आफ्ना सेना हटाउनुपर्ने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC