site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'नयाँ नक्सा जारी गरिएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिने छ'
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताए । 
 
“आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ । नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ । यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ । अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री ओलीको उद्धरण आज सिद्ध भएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC