site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोभिड –१९ का कारण दुई जनाले ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ । त्यसो त, संसारमा लाखौं जना कोभिड–१९ संक्रमित भएका छन् भने मर्नेहरूको संख्या तीन लाख नाघेको छ । यसैले नेपालमा कोभिड – १९ बाट मृत्यु भएको घटना दुःखद भए पनि अनपेक्षित होइन । तर, तिनको मृत्यु कोभिड–१९ को पहिचान नहुँदै भयो । उपचार पाउने त प्रश्नै भएन । अझ एक जना त क्वारेन्टिनमा राखिएपछि बिरामी भए । उपचारै नपाई क्वारेन्टिनमै मरे । यो ठूलो चिन्ता र आपत्तिको विषय हो । राज्यले  क्वारेन्टिनमा राखेका बिरामी उपचारै नपाई मरेपछि नैतिकता भए स्वास्थ्यमन्त्रीले तत्काल राजीनामा दिइसक्थे । नेपालका शासकमा नैतिकता बिरलै देखिने गरेको छ । तर,  सरकारको व्यवस्थापन पूर्णरूपमा विफल भएको यसभन्दा ज्वलन्त उदाहरण अरू के हुन्छ ?

काठमाडौंमा सुरक्षित रहेकाहरू सरकारी सूचना र विवरण पत्याएर सरकारले बन्दाबन्दी गरेकै कारण अहिलेसम्म महामारी नफैलेको हो र यसलाई यहीरूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने प्रचारमा संलग्न देखिन्छन् । तर, बन्दाबन्दी जहाँ र जसरी हुनुपर्ने हो त्यहाँ प्रभावकारी हुन सकेको छैन भन्ने त भारतसँगको सीमा नाकाभित्र छिर्नेहरूको संख्या र अवस्थाबाट देखिइसकेको छ । राजधानीका सडकमा सेना तैनाथ गरेर नागरिक तर्साइए पनि संक्रमितहरू सीमापारिबाट लुकिछिपी आइरहेका छन् । त्यसरी आउनेको कतै विवरण वा अभिलेख हुने कुरै भएन । करिब दुई महिना बन्दाबन्दी गर्दा पनि यसको व्यवस्थापनका लागि सरकारले नागरिकलाई तर्साउने उर्दीबाहेक अरू केही गरेन । यसको जिम्मेवारी कसैले त लिनुपर्ला नि ! कि सर्वसत्तावादको अभ्यास यही बिन्दुबाट सुरु गरिएको हो ?

सरकारले अपनाएको बन्दाबन्दी लम्याई रहने तर अरू बन्दोबस्त केही नगर्ने रणनीतिले अन्ततः देशमा अकल्पनीय अनिष्ट अवश्यम्भावी छ । विनाशको कुनै न कुनै बिन्दुमा पुगेपछि जनता पनि आजित भएर सत्ताका विरुद्ध सडकमा उत्रन बाध्य हुनेछन् । त्यस बेला प्रधानमन्त्री केपी ओलीले आफ्नै स्वभाव र शैलीअनुसार ‘‘मलाई थाहा दिइएन’’ भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बर्खास्त गर्ने त होलान् । आफूले जिम्मेवारी लिएर राजीनामा त पक्कै नदेलान् ! यसैले ठूलो अनिष्ट नहुँदै स्वास्थ्मन्त्रीलाई हटाएर सरकारले जवाफदेही किटान गर्नु उचित हुनेछ । अझै बेला छ । संकटका समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हाँक्ने क्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिएर क्षति कम गर्ने प्रयास यथाशीघ्र गरियोस् ।      
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC