site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालीमाटी तरकारी बजारका व्यवसायी र महानगरका सफाइ कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  गत बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षण सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले नमुना संकलन गरेको थियो । 
जसमा ७ सय जनाको आरडीटी र ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । 

कालीमाटीमा कोरोना पीसीआर र आरडीटी एक हजार ३४ जनाकै रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले जानकारी दिए ।  उनले भने “गत बिहीबार कालीमाटीमा लिएको नमुनाको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेकाअनुसार गत शुक्रबार टेकुमा महानगरका सफाई कर्मचारीलगायतका ७ सय ३१ जनाको नमुना संकलन गरिएको थियो ।  जसमा आरडीटीमा केहीको पोजेटिभ देखिएको थियो पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको उनले बताए । 

काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा गत बिहीबार परीक्षण सुरु गरेको थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC