देश
काठमाडौं । काठमाडौंको पेप्सीकोला र मीनभवनलगायत क्षेत्रमा पानी भर्नेको लाइन लागेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका इतिहास बोकेका कलधारा, हिटि र इनार क्षेत्रमा बढ्दो जनसंख्या, अतिक्रमण र पूर्वाधार निर्माणले मुहान सुक्दै जाँदा पानीको अभाव पनि चुलिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका सीमित ठाउँमा रहेका, निर्माण गरिएका धाराहरुमा, पानी ट्यांकी क्षेत्रमा पानी भर्नेको भिड देख्न सकिन्छ । मानवजीवनका लागि अति आवश्यक मानिने पानीको समस्यालाई समाधानका लागि सम्बन्धित निकाय उदासीन बनेको उपभोक्ताहरुको गुनासो छ । हेरौं मीनभवन र पेप्सीकोलामा पानी भर्नेको लामसहितका थप तस्बिर :
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७ १२:१०
प्रतिक्रिया दिनुहोस्