site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सगरमाथाको उचाइ विवाद : नेपालले मापन गरेको उचाइ सार्वजनिक गर्न किन ढिलाइ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ विभिन्‍न समयमा विवादमा पर्दै आएको छ । २५ अप्रिल, २०१५ मा गएको ७ दशमल ८ म्याग्‍निच्युडको भूकम्पपछि यसको उचाइको विषय थप विवादित बन्दै गएको हो । 

सन् २०१५ को महाभूकम्पपछि सगरमाथाको उचाइ नाप्‍न भारतले विशेष चासो देखाएको थियो । तर, भारतलाई सगरमाथाको उचाइ मापन गर्न दिनु हुँदैन भनेर व्यापक विरोध भएपछि नेपाली टोली आफैं तयार भयो र नेपाली नापी विभागको प्राविधिक टोली २३ मे, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेको थियो ।

नापी विभागका सर्भेयर प्रमुख खिमलाल गौतम र सर्भेयर रविन कार्कीको टोली २३ मे बिहान ३:१५ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । करिब आधा घण्टा चुचुरोमा रोकिएको टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) मार्फत मापन गरेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षअघि चुचुरोमा पुगेको नेपाली प्राविधिक टोलीले हालसम्म नतिजा सार्वजनिक गरेको छैन । यस विषयमा बुझ्दा नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सगरमाथाको उचाइ नाप्‍ने अभियानअन्तर्गत 'फिल्ड' मा गर्नुपर्ने काम ७५ प्रतिशत काम सकिएको तर, तथ्यांक प्रशोधन गर्ने काम बाँकी रहेको जानकारी दिए । 

उनले भने, "सगरमाथाको उचाइ नाप्‍ने र तथ्यांक सार्वजनिक गर्ने काम कसैको जमिन नापेकोजस्तो होइन । समय लाग्छ । यसका फिल्डमा हुने कामहरु सबै सकिएका छन् । फिल्डमा हुने काम सकिएको भए पनि तथ्यांक प्रशोधनको काम चलिरहेका बेला लकडाउनका कारण काम प्रभावित भएको छ । लकडाउन नभएको भए वैशाख-जेठभित्रै तथ्यांक सार्वजनिक गर्ने योजना थियो ।" 

Global Ime bank

अब लकडाउन खुलेलगत्तै बाँकी काम सकेर अन्तर्राष्ट्रिय विज्ञ टोलीलाई राखेर सार्वजनिक गर्ने उनले बताए । उनका अनुसार नेपाली टोलीले अहिलेसम्मकै विकसित हाइब्रिड प्रविधिमार्फत सगमाथाको उचाइ मापन गरिएको छ । 

उनले भने, "नेपालले अन्तर्राष्ट्रिय विज्ञहरुसँगको प्रस्तावमा अहिलेसम्मै उच्चतम प्रविधिको प्रयोग गरेर उचाइ मापन गरिएको छ । ती प्रविधिहरुबाट छुट्टाछुट्टै र एकिकृत मापनको तथ्यांक प्रशोधनको काम करिब अन्तिम चरणमा छ । हामीले हाइब्रिड सिस्टमबाट अब्जरभेशन गरेका छौं । विभिन्‍न ५५ स्याटेलाइटको डाटा हाम्रो रिसभरमा क्यापचर भएको छ । जुन विरलै हुने कुरा हो । त्यसकारण यसमा कुनै तलमाथि हुँदैन । यकित तथ्यांक सार्वजनिक हुन्छ ।"  

चीनले सगरमाथाको उचाई नाप्ने, 'सर्भे र म्यापिङ' लागि ५३ सदस्यीय टोली पठाउँदै 

नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर तथ्यांक सार्वजनिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको समयमा चिनियाँ टोली उचाइ नाप्‍न शिखर चढेको छ । कोरोना भाइरसका कारण दुवै मुलुकले 'कमर्सियल आरोहण' मा रोक लगाएको बेला चिनियाँ टोली शनिबार दिउँसो चीनतर्फको चोमोलोङ्‌मा बेस क्याम्पबाट शिखरतर्फ उक्लिएको चिनियाँ सञ्‍चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

गत साता बेस क्याम्पबाट अघि बढेको चिनियाँ टोली खराब मौसमका कारण फर्किएर फेरि १६ मेमा शिखरतर्फ अघि बढेको र चिनले अहिलेसम्मकै विस्तृत र वैज्ञानिक सर्वेक्षण गर्ने चाइना डेलीमा दाबी गरिएको छ । चीनले बेइडुमार्फत स्याटेलाइट सिस्टम, (जसलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टमको 'राइभल' भनिन्छ) मार्फत सगरमाथाको उचाइ मापन गर्ने सिन्ह्वाले जनाएको छ ।

चिनियाँ  मिडियाले गल्ती सच्याउँदै भन्‍यो - 'सगरमाथा नेपाल-चीन सीमामा' 

अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले चीनले तिब्बती मोहडाबाट उचाइ मापनका लागि आरोहण अघि बढाएकोबारे जानकारी भएको बताइन् । उनले भनिन्, "नेपाल तथ्यांक प्रशोधनको अन्तिम चरणमा छ । तर चीनले हामी आफ्नोतर्फबाट पनि नाप्छौँ र त्यसपछि संयुक्त रूपमा उचाइ घोषणा गरौँला भन्‍ने अनुरोध गरेपछि उचाइको सार्वजिक गर्न केही ढिलाइ भएको हो ।" 

सगरमाथाको उचाइसम्बन्धी विभिन्‍न दाबी 
सन् १८५६ मा पहिलो पटक बेलायती सर्भेयर सर जर्ज एभेरेस्टले सगरमाथाको उचाइ मापन गरेका थिए । उनकै नामबाट सगरमाथाको नामाकरण गरेर माउन्ट एभरेस्ट राखिएको हो । उनले गरेको मापनअनुसार सगरमाथाको उचाइ ८ हजार ८४० मिटर (२९,००२ फिट) निकालिएको थियो ।

सन् १९३४ मा गएको भूकम्पले सगरमाथाको उचाइ ६३ सेन्टिमिटर अर्थात् करिब दुई फिट घटाएको क्लोराडो बउल्डर विश्वविद्यालयका भूगर्भविद् रोजर बिलहमले बताएका थिए । 

सगरमाथाको उचाइ नाप्‍न बेस क्याम्पबाट हिँड्यो चिनियाँ टोली

त्यसपछि सन् १९५५ मा भारतीय सर्भेयरको टोलीले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर (२९ हजार ०२८ फिट) निकालेको थियो । हालसम्म यहि उचाइलाई आधिकारिक मानिएको छ ।

सन् १९९२ मा इटालियन सर्भेयरको टोली सगरमाथाको उचाइ २९ हजार २२ फिट रहेको तथ्यांक सार्वजनिक गरेको थियो । 

सन् १९९९ मा अमेरिकन सहयोगमा सगरमाथा चढेको अमेरिकी राष्ट्रिय भौगर्भिक समाजले जीपीएस प्रविधि गरेर सगरमाथाको उचाइ मापन गर्दा ८ हजार ८५० मिटर सार्वजनिक गरेका थिए । यस तथ्यांक मापनका लागि नेपाल सरकारबाट मापन विधि स्वीकृत नगराएको भन्दै खारेज गरेको थियो । 

सन् २००५ मा चिनियाँ सर्भेयरको टोली सगरमाथाको उचाइ मापन गर्दा ८ हजार ८४४ मिटर निकालेका थिए । नेपालले यसलाई पनि आधिकारिक मान्‍न नसकिने बताएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC