site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । नागरिक प्रदर्शनका प्रहरी र सीआरपीले अन्धाधुन्द गोली प्रहारका घटना बढ्दै गएपछि नेसनल कन्फ्रेन्स अध्यक्ष तथा कस्मिरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले भारत सरकारलाई सोधेका छन् : कस्मिरमा युद्ध घोषणा गरेकै हो ? 
इन्डिया टुडेको अनलाइन संस्करणमा आइतबार जनाइएअनुसार अब्दुल्लाले कस्मिरी जनताविरुद्ध केन्द्र सरकारले युद्ध घोषणा गरेको आरोप लगाए । उनले सरकारलाई पाकिस्तान र कस्मिरका जनतासँग छलफल गरी राजनीतिक समस्या समाधान गर्न दिएको सल्लाह नसुनेको आरोप पनि लगाएका छन् ।
कस्मिरका जनतामाथि भएको सरकारी दमनबाट सयौं युवा अपांग भएका छन् भन्दै अब्दुल्लाले तिनीहरूमाथि अन्धाधुन्द गोली प्रहार गरिएको गुनासो गरेका छन् । कस्मिर उपत्यकामा भएको आन्दोलनका लागि पाकिस्तानलाई दोष दिनु वा कानुन व्यवस्थाको समस्या मान्नु अपराधी मानसिकता हो भन्दै उनले कस्मिरका युवामा चर्को असन्तुष्टि र आक्रोश रहेको पनि बताएका छन् ।
सरकारले सर्वोच्च अदालतलाईसमेत ढाँटेको आरोप पनि पूर्व मुख्यमन्त्री अब्दुल्लाले लगाएका छन् । भारत सरकारले शुकवार सर्वोच्च अदालतलाई कस्मिरको अवस्थामा सुधार भएको प्रतिवेदन दिएको थियो ।
कर्फ्यु खुकुलो भएका बेला एटीएम मेसिनको अवस्था निरीक्षण गर्न गएका २३ वर्षीय सुरक्षा गार्ड रियाजको शरीरमा ३०० वटा गोली भेटिएको पनि टुडेले जनाएको छ । सरकारी शिक्षण अस्तचालमा रियाजको शव परीक्षण गर्दा त्यति धेरै गोली पाइएको थियो । रियाजको परिवारले एटीएम नजिकै तैनाथ सीआरपीका जवानले चलाएको गोली लागेको आरोप लगाएको छ । 
सरकारले संवादको आग्रह नसुनेजस्तै निहत्था नागरिकविरुद्ध घातक हतियार प्रयोग नगर्न दिएको सल्लाह पनि नसुनेको उनले गुनासो गरे ।   
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC