site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिहान र साँझको हिँडाइले कोरोनाको जोखिम बढ्यो 
Ghorahi CementGhorahi Cement

चितवन । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ । 


भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भिडमा बाहिर नहिँड्न सुझाव दिन्छन् । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने  भएकाले जोखिम नमोल्न उनको सुझाव छ । घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए ।  साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरी हिँड्दा उच्च जोखिमको सम्भावना  रहन्छ । 

Agni Group

वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताउँछन् । अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव छ । 

अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC