site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दशगजा क्षेत्रमा अलपत्र परेका ६३ जनाको थ्रोट स्वाबको नमूना संकलन 
Ghorahi CementGhorahi Cement

कञ्‍चनपुर । कञ्‍चनपुरको नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकिएका ६३ जनाको कोरोना भाइरस परीक्षणका लागि आज नमूना सङ्कलन गरिएको छ । 

भारतबाट विभिन्न ठाउँबाट फर्केकाहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको हो । सङ्कलित स्वाबका नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । 

Agni Group

भारतबाट शुक्रबार आएका महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा ३६ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा २७ जना रहेका छन् । भारतमा रोजगारीमा गएकाहरु बन्दाबन्दीका कारण रोजगारी गुमेपछि स्वदेश फिर्ता हुनका लागि सीमा क्षेत्रमा पुगेका हुन् । सीमा नाकाको दशगजा क्षेत्रमा रहेका सबै जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि सेती अस्पताल धनगढी पठाई सकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।

यसैबीच, कञ्चनपुरका नागरिक अगुवाहरुले सीमा क्षेत्र र भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न माग गरेका छन् । 

Global Ime bank

कञ्चनपुरका प्रजिअ नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नागरिक अगुवाले भारतीय भूमिमा अलपत्र परेका नेपालीको सीमा नाकामा आरडिटी परीक्षण गरी सुरक्षित तरिकाले स्वदेश फिर्ता ल्याउन माग गरेका हुन् । भारतबाट आयात हुने तरकारी, फलफूल, कोइलालगायतका वस्तुको ढुवानी सुरक्षित नभएको उनीहरुको भनाइ थियो । 
    
ज्ञापनपत्र बुझ्दै प्रजिअ खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित तरिकाले उद्धारका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको बताए । 

भारतीय सीमावर्ती जिल्लाका प्रमुखहरुसँग क्वारेन्टिनमा रहेका नेपालीको सङ्ख्या र अवस्थाका बारेमा जानकारी लिने कार्यसमेत भइरहेको उनले बताए । 

भारतमा रेल सेवा सञ्चालन भएपछि नेपाल फर्कनका लागि आएका नेपालीको सङ्ख्या सीमावर्ती भारतीय बजारमा बढ्न थालेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC