site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमा क्षेत्रको  हुलाकी सडकमा उच्च सतर्कता
Sarbottam CementSarbottam Cement

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा एक कोरोना सङ्क्रमित  फेला परेपछि  सीमा क्षेत्रको दक्षिण भेगको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने भएको छ । 

नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ११, १२  सडक र वडा नं ६, ७ र ८ स्थित सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वडा नं १२ स्थित हुलाकी सडक नाकामा मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवतजावत बढी भएकाले सो निर्णय भएको नगरपालिकाका  प्रमुख यादवले जानकारी दिए । 

उनले बन्दाबन्दीको उल्लंघन  हुन नदिन वडाध्यक्ष राम नारायणको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाका प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समितिसमेत गठन भएको बताए । 

Global Ime bank

उक्त बैठकले नगरपालिकाभित्रका सामुदायिक वनभित्रमा अनाधकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न  बिहान ११ देखि २ बजेसम्म पसल खुला राख्ने निर्णय पनि गरेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC