site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विराटनगरका कोरोना संक्रमित साताअघि भारतबाट आएका थिए 
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरको वडा नम्बर ६ र १५ मा दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंगै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि दुई जना संक्रमित विराटनगरका स्थानीय भएको पुष्टि गरेका छन् । 

विराटनगर महानगरपालिकाले बिहीबार दुबै वडाका दुई टोलबाट ४३ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाएको थियो । महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार परीक्षणको रिर्पोट आज साँझ आउँदा दुई जनामा कोरोना पुष्टि भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मेयर पराजुलीले भने,‘‘स्थानीय प्रशासन, महानगर र प्रदेश सरकारसमेतको छलफलपछि संक्रमित भेटिएको टोललाई आज रातिबाटै सिल गर्दैछौं ।’’ संक्रमण पुष्टि भएसंगै विराटनगरमा अब लकडाउन कडा पारिने पराजुलीले जानकारी दिएका छन् ।  

दुबै संक्रमितलाई प्रदेश सरकारले विराटनगरमा संचालनमा ल्याएको कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याउने तयारी थालिएको छ । मेयर पराजुलीका अनुसार संक्रमित एक जना एक साताअघि मात्र भारतबाट विराटनगर आएको खुल्न आएको जानकारी दिएका छन् । 

Global Ime bank

पराजुलीले भने,‘‘संक्रमण पुष्टि भएपछि हामीले थप कुरा सोधीखोजी गर्दै जाँदा उनी भारतबाट आएको खुल्न आएको छ । कसरी कुन बाटोबाट आए ? को कोसंगको सम्पर्कमा रहे भन्ने खोजी शुरु भईसकेको छ ।’’ 

संक्रमित एकजना भने स्थानीय नै भएको खुलेको पराजुलीले जानकराी दिए । सम्बन्धित ठाउँ सिल गरेर उच्च सतर्कता अपनाइने तयारी भएको छ । 

यसअघि महानगरको पहलमा उदयपुरको भुल्केमा १२ जना जमातीमा कोरोना पुष्टि भएपछि उनीहरु बसेको रानी मरकजका सदस्यहरुको पनि आरडीटी र स्वाब परीक्षण गरिएको थियो । तर, उनीहरुको रिर्पोट भने नेगेटिभ आएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC