site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपाल सरकार पनि बेलाखखत ‘कुम्भकर्ण’ निद्राबाट बिउँझिन्छ । भारतले नेपालको भूमि अतिक्रमण गरी चीन प्रवेश गर्ने नाकासम्म पुग्ने सडक बनाएर उद्घाटन ग¥यो । यही नै बेला चीनको सरकारी सञ्चार माध्यममा नेपालमा पर्ने सर्वोच्च शिखर सगरमाथालाई चिनको भन्दै तस्बिर सार्वजनिक गरियो । यसअघि भारत र चीनबीच सन् २०१५ मा नेपाली भूमि भएर व्यापार मार्ग खोल्ने सहमति गरिएको थियो । अर्थात्, नेपालको सीमा जोडिएका दुवै छिमेकी मौका परे साँध चेप्न हिचकिचाउँदैनन् । यसैले हामी नेपाल सरकार सीमा सुरक्षामा बढी सजग हुनुपर्छ । सायद, यही कारणले आगामी वर्षको सरकारको नीति र कार्यक्रममा ‘‘सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार र जनशक्तिसहित थप बोर्डर आउटपोस्ट स्थापना गरिनेछ ’’ भन्ने उल्लेख भएको हो । 

नेपालको सीमा अतिक्रमणका घटनामा छिमेकीहरू त्यसमा पनि भारतको नियतमा खोटे देखिँँदै आएको छ । तर, नेपाल सरकारले पनि सीमा सुरक्षाका लागि आवश्यक साधन स्रोत, जनशक्ति र प्रविधिको व्यवस्था गर्न उदासीन रहिआएको छ । यसैले विभिन्न रूपमा सीमा अतिक्रमण भइरहेको छ । नेपालका वास्तविक सीमा रक्षकहरू बर्सेनि डुबानदेखि भारतीय सीमा प्रहरीको यातना सहन विवश भएका छन् । सीमा सुरक्षामा खटाइएका मूलतः सशस्त्र प्रहरीलाई पर्याप्त साधन स्रोत र प्रविधि उपलब्ध गराइएको छैन । नेपालको सीमातर्फको दयनीय अवस्थाले पनि सीमाका बासिन्दा र सुरक्षाकर्मीको मनोबल कमजोर बनाएको छ । बेलैमा सशस्त्र प्रहरी गठन गर्न सकेको भए माओवादी हिंसा धेरै कम क्षतिमै नियन्त्रित हुनेथियो । अहिले पनि सशस्त्र प्रहरीलाई बन्दोबस्ती र प्रविधि दुवैमा सशक्त बनाउन ढिलो गर्ने हो भने पछुताउनु पर्ने हुनसक्छ ।

सरकारले भारत र चीनसँगका सीमा क्षेत्रमा केही सीमा अवलोकन सुरक्षा चौकी स्थापना गर्ने निर्णय गरेको छ । सम्भवतः सीमा सुरक्षाको अग्रपंक्तिमा सशस्त्र प्रहरी नै तैनाथ गरिनेछ । नेपाल प्रहरीले नसक्ने र नेपाली सेना खटाउन नमिल्ने कामका लागि सशस्त्र प्रहरी बल गठन गरिएको हो । यसैले सशस्त्र प्रहरीका लागि उपयुक्त काम अहिले सीमाको सुरक्षा नै हो । विडम्बना, अहिले सशस्त्र प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मी राजनीतिक नेतृत्वको अगुवापछुवाका रूपमा खटाइएका छन् । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको अहिलेको जनशक्ति पयाप्त नहुनसक्छ । तर, तालिम प्राप्त सुरक्षाकर्मीलाई नेताको फोस्रो रबाफका लागि खटाउँदासम्म जनशक्ति थप गर्नुको औचित्य सिद्ध गर्न कठिन हुन्छ । यसैले सरकार तत्कालका लागि जनताको आँखामा छारो हाल्नमात्र तातेको हैन र सीमा सुरक्षाप्रति साँच्चै नै संवेदनशील भएको हो भने सीमामा आइपर्ने चुनौतीको सामना गर्ने गरी साधनस्रोत, जनशक्ति र प्रविधिको प्रबन्ध मिलाउनुपर्छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC