site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई वर्ष 

नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजन र एकीकरणका अनेकौं शृंखला पार गर्दै अगाडि बढेका दुई ठूला पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) र (माओवादी केन्द्र)बीचमा मदन–आश्रित स्मृति दिवसमा २०७५ साल जेठ ३ गते एकता भएको दुई वर्ष पूरा भएर तेस्रो वर्ष लाग्दैछ । एकता सभामा त तीन महीनाभित्र पार्टीको संगठनात्मक एकता पूरा गरिने र दुई वर्षभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने पनि घोषण भएको थियो । उक्त घोषणाको करिब बीस महिनापछि २०७६ माघ १५—१९ मा बसेको नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक (प्राविधिकरुपमा दोस्रो भनिए पनि)ले नेतृत्वबाट आत्मआलोचनासहित आएको राजनीतिक, सांगठानिक, विधानमा केही संशोधनसम्बन्धी प्रतिवेदनहरु परित गर्दे १५ दिनभित्र एकताका बाँकी काम पूरा गर्ने, २०७६ चैत्र मसान्तसम्म संगठित सदस्यता नवीकरण र अभिलेखीकरणको काम सक्ने, २०७७ भाद्रदेखि मंसिरसम्म स्थानीय, जिल्ला र प्रदेश स्तरका अधिवेशनहरु सम्पन्न गर्ने र २०७७ तैत्र २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको थियो । यो बैठक सकिएको पनि आज तीन महिना पूरा हुँदै छ । 

राजनीतिक स्थायित्व, मुलुकको विकास र समृद्धिका लागि पार्टी एकता गर्ने उद्देश्यसहित २०७४ असोज १५ गते साझा घोषणा पत्र, साझा उम्मेद्वार र साझा चुनाव चिन्हसहित अगाडि बढ्ने साझा घोषण भएर २०७४ को निर्वाचनमा जनतासँग प्रतिबद्धता गर्दै भोट मागेको, जनतासँग कसम खाएर चुनाव जितेको/ जिताएको करिब २९ महीना बितेछन् । कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाई बहुमतसहितको सरकार संचालन गरिरहेको पनि २६ महिना पूरा भयो । 

पाँच वर्षको लागि जनादेश प्राप्त गरेर अगाडी बढेको कम्युनिस्ट पार्टीको सरकारले आधा अवधि पूरा गरेको छ । सरकारका समग्र कामको  मध्यावधि समीक्षा जरुरी भएको छ । सरकारले लिएको दिशा ठीक भयो कि भएन ? यस अवधिको हाम्रो कामको जनतामा के प्रभाव पर्‍यो, पार्टीमा के प्रभाव पर्‍यो ? अब हामी कहाँ सच्चिने ? भन्ने निष्कर्षमा पुग्नु जरुरी छ । पार्टीलाई यहीँ ढर्रामा यसरी नै रहन दिने हो भने रहिरहन सक्छ वा पार्टीले घोषित लक्ष हासिल गर्न सक्छ ? भन्ने केही गम्भीर सबाल खडा भएका छन् । 

Agni Group

पार्टी एकता प्रक्रियाको सन्दर्भमा घोषणा गरिएका निर्णय कार्यान्वयन हुनसकेका छैनन् । कार्यकर्ता माझ गरिएका एकताका प्रतिबद्धता पूरा गर्ने दिशामा पार्टीको नेतृत्व जिम्मेवार बन्न सकेको छैन । यस अवधिमा पार्टीको एकता प्रक्रियाले पूर्णता हासिल गर्न सकेन । यसले पार्टीमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुमा निराशा पैदा गरेको छ । पार्टी बैठकमा समेत बस्न नचाहने, एकता प्रक्रियामा विलम्ब चाहने नेतृत्वले महाधिवेशन गर्ने कुरा विषय सामान्य कार्यकर्ताका लागि आकाशको फल बन्दै गएको छ । अब वस्तुनिष्ठ समीक्षा गर्दे सच्चिएर अगाडि बढ्नुको अर्को विकल्प देखिँदैन । 
हामी सच्चीने बाटो 

भिन्नभिन्न कार्यदिशा अवलम्बन गरेर दशकौंदेखि बेग्लै सिद्धान्त र संगठनात्मक अभ्यास गर्दै आएका दुई ठूला पार्टीहरुबीचको एकताले नेपाली राजनीति र समग्र विश्व कम्युनिस्ट आन्दोलनमा सकारात्मक ऊर्जा पैदा गरेको थियो । सिद्धान्त, संगठन र आगामी बाटोका बारेमा बृहत् सहभागिता, धनीभूत छलफल र ठोस विमर्शविना दुई पार्टी प्रमुखहरुको ‘बोल्ड डिसिजन’का आधारमा गरिएको एकता प्रक्रियालाई सबैतिरबाट स्वागत गरिएको थियो । एकताको त्यो ‘स्पिरिट’ कमसेकम महाधिवेशनसम्म निरन्तररुपमा प्रगाढ बन्ने बातावरण सृजना हुनुपर्छ । 

Global Ime bank

  नेपाल कम्युनिस्ट पार्टी ‘मास बेस्ड’ होइन । यो जनतामा आधारित कार्यकर्ताको पार्टी हो । यसलाई जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा आधारित भएर चलाउनु पर्छ । व्यक्ति कमिटीको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, कमिटी अधिवेशन÷महाधिवेशन मातहत रहनु यसको मुख्य सार हो । यो पद्धतिलाई कागजीरुपमा सीमित राख्दै दाउपेज र लेनदेनमा कमिटी चलाउने संगठतात्मक सिद्धान्त विरोधी आचरण सदाका लागि खारेज गर्नु पर्छ । 

नेतृत्वको देवत्वकरण र कार्यकर्ताको ‘भिजिलान्ते’करण गर्ने र व्यक्ति पूजाको तरिका हाम्रो संस्कार पनि होइन र नीति पनि होइन । यस्तो प्रवृतिबाट मुक्त हुनु जरुरी छ । र, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई संगठनात्मक अभ्यासमा आत्मसात गर्नुपर्छ । मत राखेको आधारमा कार्यकर्तामाथि गरिने विभेदको अन्त्य गरिनुपर्छ । योग्यता, क्षमता र कार्यकुशलताको आधारमाविना पूर्वाग्रह राजकीय क्षेत्र, शासन संचालन र पार्टी कमिटीमा जिम्मेवारी हस्तान्तरण हुनुपर्छ । हरेक कमिटीमा एक व्यक्ति एक कार्यकारी जिम्मेवारीको व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । तबमात्र हरेक नेता र कार्यकर्ताको एक न एक ठाउँमा कार्यकारी जिम्मेवारी हुनेछ । उनीहरुको अपनत्व र सहभागितामा वृद्धि हुनेछ  र कसैले अन्याय महसुस गर्नुपर्ने छैन । यसर्थ, अब षड्यन्त्रका अस्त्रशस्त्र सबै खारेज गरौँ । जमिनमा टेकौँ, संवाद थालौँ, विमर्श गरौँ । 

पार्टी कस्तो बनाउने ? सरकार कस्तो चलाउने ? समाजवादको बाटो कसरी तय गर्ने भन्ने लक्ष्यसहितको समझदारी, विश्वास र एकताका साथ अगाडि बढौँ । हामीलाई सच्चिनका लागि थोरै समय अझै बाँकी छ प्रिय कमरेड !  

शक्ति हत्याउन गरिएका सबै दाउपेज र षड्यन्त्र खारेज गरिनुपर्छ । पार्टी अभिभावक हो र यसले अन्याय गर्दैन भन्ने विश्वास दिलाउनुपर्छ । सानो समूह वा गुटकोमात्र हैन सम्पूर्ण नेपाली जनताको हित हाम्रो जिम्मेवारी हो भन्ने मान्यता बोक्ने मान्छे कमिटीको नेता हुनुपर्छ । पद, शक्ति र वैभवका लागि आफ्नो मूल्य र मान्यताको तिलाञ्जलि दिनसक्ने प्रवृतिबाट कम्युनिस्ट पार्टीका कार्यकतालाई सुरक्षित राख्नुपर्छ । 

संघर्षको लामो इतिहास पार गर्दै नेपालमा कम्युनिस्ट पार्टीले राज्य सत्ता संचालन गर्ने शक्ति आर्जन गरेको छ । प्रजातान्त्रिक प्रक्रियाबाट यसरी कम्युनिस्ट पार्टीले दुईतिहाइ नजिकको जनमत हासिल गरेर राज्यसत्तामा नियन्त्रण कायम गर्नु आफैँमा विशिष्ट घटना हो । यस अवसरलाई जनताका बीचमा गरिएका प्रतिबद्धता पूरा गर्ने दिशामा अगाडि बढाउनुपर्छ । पार्टीले सरकार सञ्चालन गर्ने परिपाटीको विकास गर्दै, सरकारका नीति, कार्यक्रम, प्रथमिकता र बजेटहरु पार्टीको कमिटीहरुमा छलफल गराउनु जरुरी छ । यसले सरकार र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउनेछ भने कार्यकर्ता हुँदै सरकारका नीति तथा कार्यक्रममा नागरिकको सहभागिता वृिद्ध गर्दै लानेछ । यसरी सरकारका काममा कार्यकर्ता र नागरिकको अपनत्व सृजना हुनेछ । बृहत् सहभागिता र विभिन्न स्तरमा गरिने छलफलले सरकारलाई स्वेच्छाचारी र जनविरोधी निर्णय गर्न रोक्नेछ । 

जहाँबाट गल्ती सुरु भएको हो त्यही विन्दुबाट ‘करेक्सन’ थाल्न सकिन्छ । गल्ती गर्ने सबैले आत्मालोचना गरौँ र त्यसलाई सच्याउन सुरु गरौँ । पार्टीलाई व्यक्तिको लहड र गुटगत स्वार्थको आधारमा होइन विधि र पद्धतिमा संचालन गर्न सुरु गरौं । एक पद एक व्यक्तिको अवधारणा लागू गर्दै अभिकतमरुपमा कार्यकतालाई पार्टी र सरकारका काम कारवाहीमा सहभागी बनाऊँ । व्यक्तिभन्दा पार्टी सधैँ प्रधान हुन्छ । यसरी ‘कार्स करेक्सन’ले नेकपालाई पुनर्जीवित गर्न र अगाडि बढ्न आत्मविश्वास जगाउन सक्छ । अन्यथा, नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि पश्चिम बंगाल र केरलाको नियति भोग्नबाट कसैले रोक्न सक्नेछैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC