site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राज्यले आउँदो आर्थिक वर्ष २०७७÷७८ को बजेटमा महामारी पीडित गरिबहरूका लागि सहुलियत कार्यक्रम आउँछ भन्ने अपेक्षा धेरैले गरेको देखिन्छ । तर, अहिलेको सरकार र विशेषगरी अर्थमन्त्री डा. युवराज खतिवडाको पृष्ठभूमि हेर्दा बजेटमा खासै परिवर्तन हुनसक्ने देखिँदैन । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई दिएको सल्लाहमा बजेटको अंक नघट्ने तर प्राथमिकतामा परिवर्तन हुने गरी परिमार्जन गरेको बताइएको छ । कोभिड–१९ को महामारीभन्दा पहिले नै तय गरेको अंकमा फेर बदल नगरेकैले पनि आउने बजेट व्यावहारिक र जनमुखी नहुने स्पष्ट भएको छ । अर्थतन्त्रलाई महामारीको मारबाट जोगउने नाममा राज्यको ढुकुटीबाट गरिने खर्चबाट मूलतः सत्तारुढ दलका नेताहरूको आसेपासे र कार्यकर्ता पोस्ने प्रबन्धमात्र बजेटमा गरियो भने आश्चर्य मान्नु पर्दैन ।


अहिले संसद् र बाहिर व्यक्त धारणामा पनि जनसाधारणको पीडाको सम्बोधन भन्दा निजी क्षेत्रका प्रतिष्ठानहरूको हितले प्राथमिकता पाएको देखिएको छ । बहुसंख्यक गरिबको हित र आवश्यकतालाई उपेक्षा भने नेपालमा मात्र हुन लागेको भने होइन । संसारभर नै राज्यको ढुकुटीबाट हुने खर्च धनीहरूको हितमा केन्द्रित हुने गरेको छ । नेपालजस्तो ठूला निजी प्रतिष्ठानहरू नभएका र गरिबको बाहुल्य भएको देशमा संसारको यस्तो प्रवृत्तिलाई बदल्न सकिने थियो । तर, राजनीतिक इच्छाशक्ति र सत्तारुढ दलका नेताहरूको दीक्षाका कारण धनी र गरिबबीचको अन्तर घटाउन सकिने अर्को मौका पनि गुम्ने निश्चितै छ । अहिलेको बजेटले सम्बोधन गर्न सकेन भने केही दशकको प्रयास र विशेषगरी वैदेशिक रोजगारीको आर्जनबाट गरिबीको रेखामाथि उठेका परिवारको ठूलो संख्या पुनः गरिबीको दुश्चक्रमा फस्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia


बजेटमा साधारण खर्चमा उल्लेख्य कटौती, पौरख नगरी बढ्ने सम्पत्तिका कर वृद्धि र सामाजिक क्षेत्रमा पर्याप्त लगानी गर्ने आँट यस सरकारले पक्कै गर्दैन । साधारण र सुरक्षा खर्च बढाउने र सामाजिक सुरक्षा फराकिलो नबनाउने हो भने त्यसको मार गरिबमाथि नै पर्ने हो । अन्ततः आगामी बजेटले पनि करको दायरा फराकिलो बनाउने नाउँमा गरिबहरूको पसिनाबाट थोपाथोपा बटुलेर धनीलाई पोस्ने नीति नै अपनाउने देखिन्छ । अर्थतन्त्रको धुकधुकी बचाउने र त्यसको भार सबैभन्दा कमजोर र गरिब नागरिकले थाम्नपर्ने अहिलेको प्रवृत्ति बदल्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जस्तो राज्यलाई दोहन गरेर कृपापात्रलाई पोस्नुलाई पौरख ठान्ने दलबाट सम्भव हुँदैन ।

त्यस्तै, अनुदार कर्मचारीतन्त्रबाट दीक्षित डा. खतिवडाले पनि अर्थतन्त्रको पुनःसंरचना हुनुपर्छ भन्ने सोच्नै सक्तैनन् । पञ्चायत कालमा पनि थुप्रै कर्मचारीहरू अर्थमन्त्री बनाइएका थिए । उनीहरू योग्य र विषयविद् भए पनि अर्थतन्त्रले गति लिन सकेको थिएन । यसैले यथास्थिति रुचाउने कर्मचारीतन्त्र र तिनैबाट दीक्षित अर्थमन्त्रीका कारण  आउने बजेट पनि नेपालका गरिबहरूका लागि ‘कागलाई बेल पाकेजस्तो‘ हुने निश्चित छ । महामारीपछि गरिबीको दुश्चक्र फराकिलो हुने र त्यसको गहिरो पीडा भोग्ने तयारीमा गरिब, अपाङ्गता हुनेहरू, बूढापाका, बालबालिकालगायत अपेक्षाकृत कमजोरहरू मानसिकरूपमा तयार भए हुन्छ । कोभिड–१९ को महामारी जसोतसो छिचले पनि गरिबीको दुर्दशा थेग्न सजिलो हुनेछैन । यसैले सरकारसँग आशा राखेर बजेटपछि निराश हुनुभन्दा पहिल्यै परिस्थितिको सामना गर्ने तयारी गर्नु उचित हुनेछ ।       
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC