site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
चितवन । चितवनको चण्डिभञ्याङ गाविस–९ स्थित पाँचकिलो भन्ने पहिरोसँगै खसेको ढुङ्गो हटाएर खुलाइएको केही घन्टामै फेरि नारायणगढ मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ ।
 
रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै पहिरो खसेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा बिहान ५ बजेर ५० मिनेटदेखि अवरुद्ध सडकलाई केही घन्टा लगाएर खुला गरिएको थियो । अहिले फेरि चार स्थानमा पहिरो खसेर बाटो पूर्ण बन्द भएको छ ।
 
‘गाडी पास हुनै नपाइ पुनःपहिरो खसेर बाटो बन्द भयो, चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भने डोजरको सहायतामा पहिरो हटाउने क्रम जारी छ ।’ तर पानी पर्न नरोकिएकाले मुस्किल भइरहेको उनले बताए ।
 
उक्त सडकको चार किलो, पाँच किलो, नौ किलो र घुमाउने भन्ने स्थानमा पहिरो खसेको छ । एक ठाउँमा पहिरो हटाउँदा अर्को स्थानमा पहिरो खस्ने क्रम रहेकाले यहाँका यात्रुहरुले सास्ती पाएका छन् ।
 
सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ । दैनिक सातहजार भन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन् ।
यता रातिदेखिनै परेको वर्षाका कारण चितवनको जनजीवन प्रभावित भएको छ । दक्षिण माडीका खोलामा बाढी आएकाले यातायात अवरुद्ध छ । बिहान बाढीले खतराको सङ्केत नाघेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।
 
माडीको रिउ नदीले खतराको सङ्केत नाघ्यो
 
यसैगरी दक्षिण चितवनको माडीमा रातिदेखि परेको वर्षाका कारण रिउ नदीमा खतराको सङ्केत नाघेको छ ।
 
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार यहाँको नदीको सतह ३ दशमलव ४ मिटर नाघेमा खतराको सङ्केत हुन्छ । तर अहिले बाढीको सतह ३ दशमलव ८ मिटर पुगेको छ ।
 
खतराको सङ्केत नाघेपछि घन्टी बज्न थालेको लुइँटेलले जानकारी दिनुभयो । योसँगै सोही क्षेत्रमा पर्ने मगुई र बाँदरमुढे खोलाले समेत खतराको सङ्केत नाघेकाले सो क्षेत्र आपपासका स्थानीयवासीलाई सतर्क हुन अपिल गरिएको समितिले जनाएको छ । उहाँले सबै समिति र उपसमितिका पदाधिकारीहरुलाई सूचना आदानप्रदान गरिएकाले कुनै घटना भइहाले उद्धारको तयारीमा रहन निर्देशन दिएको बताए ।
 
सो सतह बढेसँगै यहाँको धोबाहा, रतनी, बोटे सिमरा, अमिलियालगायत गाउँ प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले केही बेरअघि एक सूचना जारी गरी वर्षा अझै रहने भन्दै दिनभर माडी आसपासका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।
 
गत वर्ष युएनडिपीको सहयोगमा यहाँका विभिन्न पाँच ठाउँमा पूर्व सूचना प्रणाली निर्माण भएपछि खतराको जानकारी पहिले नै आएको हो ।
 
गएरातिदेखि परेको भारी वर्षाका कारण दक्षिण चितवनको माडीको जनजीवन प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले दक्षिण माडीलाई बाढीको उच्च जोखिम क्षेत्रका रुपमा पहिचान गरेको छ ।
 
वर्षापछि यहाँका खहरे खोलामा उर्लिएको बाढीले माडी–ठोरी, भरतपुरको सवारी आवागमनसमेत अवरुद्ध भएको छ । माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।
 
अहिले पनि वर्षा जारी रहेकाले सतर्क रहन भनिएको छ । राति १ बजेदेखि परेको पानी अझै यहाँ जारी छ । रासस
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC