site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना अनि  बन्दाबन्दीका विधिहरू

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण संसारभर फैलियो । फ्रान्स, इटाली, स्पेन, बेलायतलगायत युरोपका देशहरू, अरब खाडीका मुलुकहरू, दक्षिण र दक्षिणपूर्वी एसिया, अमेरिका कोही जोगिन सकेनन् । नेपाल र भारत संक्रमण चरणमा छन् । यसको रोकथामको अन्तिम उपाय खोप हो भनेर कतिपय देश खोपको विकासमा लागेका छन् । हतारमा विभिन्न औषधिको परीक्षण गरिरहेका छन् । मलेरियाको औषधिसमेत प्रयोगमा आइसकेको छ ।

प्रभावकारी औषधि उपलब्ध नभएको र खोप पनि बनिनसकेको अवस्थामा संक्रमण  फैलन नदिन नेपालले पनि अरूले जस्तै बन्दाबन्दी (लकडाउन) को उपाय अपनाइरहेको छ । कतिपय विकसित देशका साथै विश्व स्वास्थ्य संगठनले पनि यही उपायलाई प्रभावकारी विकल्प मानेका छन् । रोगको संक्रमण फैलन नदिन यो एउटा मुख्य उपाय त हो तर के यो बन्दाबन्दीमात्र समाधान हो त ? 

यही बैशाख २५ गतेपछिे बन्दाबन्दी थप्नुभन्दा पहिले लागेको थियो केही नयाँ विधि र उपाय पनि आउलान् । तर, जस्तो थियो त्यही बन्दाबन्दीमात्र घोषणा भयो । यसरी त सधैँ हुँदैन । विभिन्न विधि र उपायहरूको गृहकार्य हुनुपर्थ्यो । चाहे ६ महिनापछि किन नहोस्  एकदिन त बन्दाबन्दी  खोल्नैपर्छ । यसैले यस्को आधारभूत तथा विशद अध्ययन जरुरी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्दाबन्दीलाई विभिन्नरूपमा वर्गीकरण गर्न सकिन्छ । हरेक प्रदेशले बेग्लाबेग्लै स्वरूपको बन्दाबन्दी प्रयोग गर्न सक्छन् । सफल नमुना अरू प्रदेशका लागि अनकरणीय बन्न सक्छ । केन्द्र र प्रदेशले मिलेर निम्न नमुना अपनाउन सक्छन् :

संघीय सरकार र प्रदेश सरकारले कोभिड – १९ नियन्त्रणका लागि आआफ्नै विशेषज्ञ समूह  बनाउनुपर्छ । त्यसमा डाक्टर, जनस्वास्थ्यविद्, अर्थशास्त्री, राजनीतिकर्मी, समाजशास्त्री, तथ्याङ्कशास्त्री, विश्वविद्यालयका प्राध्यापक, अध्ययन अनुसन्धान निकायका विज्ञको समावेश हुन सक्छन् । विज्ञहरूले दैनिक समीक्षा, अध्ययन अनुसन्धान गरेर उच्चस्तरीय समितिलाई सुझाव दिनुपर्छ । प्रदेश स्तरमा गठन हुने विज्ञ समूहले केन्द्रसँग दैनिक भिडियो कन्फरेन्स बाट संवाद गर्ने, समीक्षा गर्ने तथा विधिको प्रभावकारिताका बारेमा विश्लेषण गर्नुपर्छ । यसले सबै प्रदेश र विज्ञ समूहलाई अध्ययन अनुसन्धानमा उत्तरदायी बनाउन सघाउ पुग्छ । किनभने, उनीहरूले आफ्नो विधि कति प्रभाबकारी हुन्छ भनेर प्रयोग गरिरहेका हुन्छन् । हरेक प्रदेशमा प्रतिस्पर्धात्मक रूपमा विकास गरिने नमुनाको प्रयोगले हरेक प्रदेशलाई रोग संक्रमण नियन्त्रणमा सक्षम बनाउनेछ । दक्ष जनशक्तिको विकास र उपयोगमा सहयोग  गर्छ । विभिन्न चरणमा विकास गरिने यस किसिमका  नमुनाले देशको अर्थव्यवस्था पनि चलायमान बनाउँछ । 

Global Ime bank

दोस्रो विधि बिस्तारै महत्त्वपूर्ण व्यवसाय खोल्ने – औषधि पसल, खाद्यान्न पसलमा सामाजिक दूरी कायम गरेर खरिद विक्री, औद्योगिक, निर्माण परियोजनाको निश्चित सुरक्षात्मक उपाय अपनाएर काम गर्ने व्यवस्था मिलाउनुपर्छ ।

तेश्रोविधिमा ६ महिना पछि बिस्तारै स्कुल, सिनेमा हल तथा रेस्टुराँ  आदि खोल्ने । उदाहरणका लागि पहाडका स्कुलमा चौरमा पढाउने, कक्षा कोठाभित्र विभिन्न सयम गरेर छड्के बसाइ, मास्कको उचित प्रयोग गर्ने, कक्षा घन्टी छोट्याएर अध्ययन अध्यापन गराउने ।   
बस, हवाई जहाजमा बस्दा छड्के बसाइ, क्षमताभन्दा आधा सवारी राख्ने गर्नुपर्छ तथा साना सवारीमा एक वा दुई जना रहने व्यवश्था मिलाउनु पर्छ  ।

अमेरिकाको न्यु योर्कका गर्भनर एन्ड्यु्र कुमोले भनेजस्तै लकडाउन खोल्दा एउटा गेट भल्भ  खोले जस्तै हुन्छ । ओपनिङ्ग भल्भ खोल्दा चारवटा डायल गज रिडिङ्ग अध्ययन गर्ने –  बिरामी कति अस्पतालमा भर्ना भए, कति परीक्षण भए, कति निर्णायक परीक्षण भए र संक्रमित संख्या कति भए । यिनको अध्ययनबाट ‘रिओपनिङ’  कति खोल्ने र बन्द गर्ने निर्धारण हुन्छ । अमेरिकामा हरेक दिनको विवरण वैज्ञानिक र सूचनामूलक छ भने गभर्नर आफैँ विवरण दिन्छन् ।   

यस महामारीको खोप नबनुन्जेल ढुक्क हुने स्थिति पनि छैन । तर, दिनचर्या त चलाउनु नै छ । यसका लागि हामी प्रयत्नशील रहनुपर्छ उपाय खोज्नुपर्छ । हाम्रा हरेक प्रदेशमा अनुसन्धान प्रतिष्ठानहरू खोल्नुपर्छ । संक्रमणको अवस्था र हाम्रो कार्यपद्धति हेर्दा तथा विशाल जनसंख्या भएको भारतको अवस्था हेर्दा हाम्रो संक्रमणको उच्च बिन्दुमा कहिले पुग्ने हो भन्न सकिँदैन । हामी यत्तिकै फाटफुट तथ्याङ्कमा भरपर्ने अवस्था पनि छैन । त्यसैले लामो समयको  बन्दाबन्दी चालु रहँदा हामी गरिबीको महामारीमा पनि फस्ने हैनौ भनेर विचार गर्नुपर्छ । 

यो महामारी नियन्त्रण बाघचाल र बुद्धिचाल जस्तै खेल हो जस्ले हामीलाई जितेर सुरक्षित अवतरण गराउँछ । हाम्रो जस्तो देशमा क्षेत्र रेड, एलो र ग्रिन जोन गरी क्षेत्र छुट्याउने चर्चा पनि भइरहेको छ । यस्तो महामारीमा हामी हाम्रो क्षेत्रमा क्षेत्र र देशको सिमाना जस्तो गरी हामी यसलाई वर्गीकरण गर्न सक्तैनौ । रोग संक्रमणले सीमा, संस्कृति र परम्पराको बन्धन पनि मान्दैन । हाम्रा सबै क्षेत्र (जोन) एउटै हुन् । एउटा क्षेत्रको सरक्षा सम्पूर्ण क्षेत्रलाई काम गर्छ । 

घुलमिल संस्कृति परम्परा भएको देशमा सीमा र बन्धनले बाँध्दैन तर उच्च जोखिम, मध्य जोखिम तथा  कम जोखिम क्षेत्र्को   जी आईयस म्यापिङ गर्न सकिन्छ । यसमा अर्को प्रदेशको सीमा (भूगोल) पनि हुन सक्छ । यो छुत अछुतको सीमा र भावना होइन जस्लाई लक्ष्मण रेखाले निर्धारण गरोस् ।  तर एउटा कुरा महत्त्वपूर्ण हुन सक्छ भने अन्तर्राष्ट्रिय सीमामा निगरानी, सिमाना बन्द आवातजावतमा बन्देज, यी अत्यन्तै संवेदनशील विषय हुन् ।

आधुनिक प्रविधिको प्रयोग गरेर सीमाको बन्धनमा नबाँधिई जोखिमयुक्त क्षेत्रलार्ई अन्तर प्रदेश क्रस बाउन्ड्री भए पनि होस् तर त्यसलाई रोकथाम गर्न ‘टेस्टिङ, ट्रेसिङ, ट्रिटमेन्ट’ गर्नुपर्छ । यस्तौ उपाय र विधि जनउपयोगी  हुनुपर्छ । केही विधि कालान्तरमा विफल पनि होलान् । आत्तिनु हुँदैन । यस्तो अवस्थामा हाम्रो प्रत्येक अंग औजार चलायमान हुन पर्छ । यस्तो  विकसित देशका राष्ट्रध्यक्षहरुले अघिपछि वैज्ञानिक लिएर दौडिरहन्छन् र अहोरात्र गृहकार्य गर्छन् । त्यही चलन नेपालमा पनि चलाउनु सक्नुपर्छ  ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC