site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नागरिकलाई दसगजामा अलपत्र छाडेर देशभित्र राष्ट्रियताको नारा चर्काउनु अस्वाभाविक देखिन्छ । कोभिड–१९ को संक्रमण रोक्न संसारभरका शासकहरूले स्वास्थ्य सेवा चुस्त बनाउनेभन्दा नागरिकलाई बन्दाबन्दीमा राख्ने उपाय रोजे । नेपालले पनि बन्दाबन्दी अपनायो ।सरकारले मानवीय पक्षको बेवास्ता गर्दा पैदलै घर फर्कने कामदारहरूले त जीवनमा कहिल्यै नभोगेको सास्ती पाए नै संक्रमण रोक्ने बन्दाबन्दीको उद्देश्य पनि पूरा भएन । यही नै भारतका विभिन्न राज्यमा काम गर्दै आएका हजारौं नेपाली नागरिक नेपालको सीमामा आइपुगे । त्यहाँबाट लुकिछिपी आउने त आइहाले तर सरकारले देखेजतिलाई देशभित्र पस्न दिइएन । भारत र नेपालका नागरिकलाई दुवैतिर जहाँ छन् त्यहीँ क्वारेन्टिनमा राखिने सहमति भएको बताइयो । सञ्चार माध्यमबाहेक देशभित्र तिनको कसैले खोजखबर गरेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिनलाई ‘होटल’मा राख्ने सहति भएको बताएका थिए । तर, तिनको बसाइ अमानवीय भएको विवरण आइरह्यो । भारतकोे क्वारेन्टिनमा कहर काटेपछि घर फर्कन सीमामा आइपुगेकालाई समेत देशभित्र पस्न अझै दिइएको छैन । विशेषगरी अहिले सीमावर्ती क्षेत्रमा घर हुनेहरू दसगजामा आएर अलपत्र परेका छन् । प्रदेश पाँचको सीमामा करिब तीन हजारको हाराहारीमा नेपाली नागरिक देशभित्र आउने अनुमति पर्खेर बसेका छन् । सरकारले नियमपूर्वक वैध बाटोबाट आउन नदिए कमजोरहरूमात्र रोकिने हुन् । बाँकीले चाहे भने सुरक्षाकर्मीको आँखा छलेर नेपालभित्र पस्न सक्छन् । यस्तै अवस्था प्रदेश नम्बर दुईका विभिन्न नाकाहरूमा पनि देखिएको समाचार छ । यिनलाई यसरी रोकेर राख्नु अमानवीय र असंवैधानिक त हो नै संक्रमणकै दृष्टिबाट पनि जोखिमपूर्ण हो । 
यसैले दसगजामा अलपत्र नेपालीलाई तत्काल देशभित्र आउन देऊ ! सांसदहरूले पनि यिनको प्रश्न उठाऊ ! सरकारले व्यवस्थितरूपमा आउने प्रबन्ध मिलायो भने यिनको विवरण त राख्न सकिन्छ । सके त यी सबैको परीक्षण नै गरे हुन्थ्यो । नभए पनि सामान्य लक्षण देखिएकालाई सम्बन्धित ठाउँमा पु¥याएर क्वारेन्टिनमा राख्न मिल्थ्यो । अहिलेजसरी अलपत्र पार्ने हो भने यिनीहरू त्यहीँ संक्रमित हुने र लुकिछिपी नेपाल पस्दा स्थिति भयावह हुने जोखिम देखिन्छ । तैपनि, सरकार संवेदनहीन देखिएको छ । यस्तो गैरजिम्मेवार प्रवृत्तिको सरकारले संसारभरका नेपाली नागरिकको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ? काठमाडौंमा अहिले सबै भारतको अतिक्रमणको विरोध गर्ने होडमा छन् । अस्वाभाविक पनि होइन । तर, नैतिक धरातल कमजोर भएका नेपालका राजनीतिकर्मीको बोलीमा कित बल हुन्छ भन्ने पनि सबैले थाहा पाएका छन् । जनतामा देशभक्ति जागेमात्र राष्ट्रको रक्षा हुन्छ ।  यसैले राष्ट्रियता बलियो हुन नागरिकलाई राज्यप्रति निष्ठावान् हुनुपर्छ । तर, सरकारको यस्तो व्यवहारले त क्षोभमात्र उत्पन्न हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC