site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकन आइडलको टप सेभेनमा पुगेका दिवेश उपाधि दावेदार 
Sarbottam CementSarbottam Cement

बोष्टन (अमेरिका) । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ प्रतियोगीमा छनोट भएका छन् ।  उनले ल्याएको भोटको आधारमा उनी पहिलो नम्बरमा थिए र योभन्दा अगाडिको भोटिङबाट पनि पहलो नम्बरमा नै थिए । 

अमेरिकी दर्शकहरुले र विश्वभरीका नेपालीले अत्यधिक रुचाइएका पोखरेलले सन् २०२० को अमेरिकन आइडलको उपाधि जित्ने सम्भावना देखिन्छ । अमेरिकी समयअनुसार आज रातिदेखि भोलि सोमबार ९ बजेसम्म हुने भोेटिङले प्रतियोगिहरु फाइनलसम्म पुग्नेछन् ।
फाइनलमा ५ प्रतियोगीहरु पुग्ने नियम छ ।

आज आइतबार अर्थात् मे १० मा प्रतियोगीहरुको घरमा नै भएको प्रस्तुतिमा आर्थर गनले डिज्नी गीत ‘किस द गर्ल’ गाएका थिए । त्यसमा पनि उनले निर्णायकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएका थिए ।  त्यसपछि आफ्ना बुबा आमालाई साथमा राखेर ‘आइ वेटेड आउटसाइड’ भन्ने बन इभरको हिट गीत गाएका थिए । 
अमेरिकन आइडलका निर्णायक लुक ब्रायनले दिवेशको प्रस्तुतिलाई प्राकृतिक, सिग्नेचर साउण्डको संज्ञा दिँदै भने, “तिमीले आज अर्को गज्जवको प्रस्तुति दियौ । तिम्र्रो नराम्रो प्रस्तुति कहिल्यै भएन ।” निर्णायकहरुमध्ये दिवेशलाई शुरुवातदेखि नै मन पराउने लियोनेल रिचीले त झन मूक्तकण्ठले उनको प्रसंशा गरे । 
“तिमीले जे गीत गाए पनि तिमी आर्थर गन नै सुनिन्छौ तिमीले करिअरमा चाहने पनि यही हो,” रिचीले भने, “अगाडि बढ, यात्राको मज्जा लिऊ माइ फ्रेन्ड ।”

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकन आइडलकी अर्की निर्णायक केटी पेरीले पनि आइतबार भएका प्रस्तुतिको लागि उत्साहजनक प्रतिक्रिया दिइन् ।  मदर्स डेकोप्रसंगमा गाइएको गीतमा आफूले जुनसुकै बेला पनि आँसु खसाल्न सक्ने भएको कारण टिस्यू पेपर तयार पारेर राखेको गायिका केटी पेरीले बताइन् ।  आँसु पुछ्दै उनले भनिन्, “कति राम्रो बनि बेयरसँग तिमीले छान्यौ । तिमीले मलाई यो विश्वास गर्ने बनायौ । पेशागत रुपले अगाडि बढ्ने म्यूजिसियन हौ । यो एकदमै ग्रेट थियो ।”

अमेरिकामा आइतबार मदर्स डे अर्थात् आमाको मुख हेर्ने दिन हो । आफ्नी आमाबुबालाई साथमा राखेर उनले दिएको प्रस्तुति र उत्कृष्ट सातमा परेको समाचार उनकी आमाको लागि पनि एउटा उपहार नै हो । मेरिल्याण्डको विधानसभा सदस्य ह्यारी भण्डारी आर्थर गनको प्रस्तुतिबाट आफू एकदम गौरवान्वित भएको बताएका छन् । 
उनले अमेरिकामा आर्थर गनहरुजस्ता युवाहरु नेपालीत्वको साँस्कृतिक दूत भएको बाह्रखरीलाई बताए । 

Global Ime bank

“यो पनि एउटा लडाईं हो,” भण्डारीले भने, “आर्थर गनहरुले गर्ने एकता हो ।” सामाजिक सञ्जाहरुमा पनि उनको पक्षमा पोष्टहरु हुन थालेका छन् ।  ट्विटरमा ट्रेसी ह्याण्डलकी एक प्रयोगकर्ताले लेखेकी छन्, “यदि यो वर्ष आर्थरले अमेरिकन आइडल जित्दैनन् भने यो संसारमा कुनै न्याय छैन ।”

आगामी मे १७ को दिन अमेरिकन आइडलको फाइनल हुनेछ जसले कसले अमेरिकन आइडलको उपाधि जित्छ भन्ने कुराको निर्णय गर्ने छ । दिवेशले स्थानीय अमेरिकी मिडियाहरुमा दिएका अन्तर्वार्तामा नेपालका धेरै प्रसंगहरुको स्मरण गरेका छन् ।  अमेरिकन आइडलको उत्कृष्ट दशको प्रस्तुतिमा उनको पृष्ठभूमिमा हिमालको दृष्य भएको पोष्टर थियो । 

उनी म.म. खाँदै गरेको दृष्य पनि राखिएको थियो अमेरिकन आइडलको उक्त कार्यक्रममा ।  नेपालीत्वलाई प्रवर्द्धन गर्ने यिनको गज्जबको शैली छ । विचिटा क्यान्समा बसोबास गरिरहेका दिवेशलाई त्यहाँको स्थानीय समूदायले आफ्नो भनेर दाबी गर्छ ।  नेपालमा जन्मिएका उनी दिदी बहिनीको पढाइका लागि आफ्ना बुबा आमासँग क्यान्सासको विचिटा आएका हुन् ।

आर्थरलाई भोट गर्न अमेरिकी समयअनुसार सोमबार मे ११ बिहान नौ बजेसम्म २१५२३ नम्बरमा १६ लेखेर टेक्स्ट गर्न सकिन्छ ।  एउटा नम्बरबाट १० पल्टसम्म म्यासेज गर्न सकिने र वेबसाइट तथा अमेरिकन आइडलको एपबाट दश–दशपल्ट थप टेक्सट गर्न पाइने बताइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC