site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमै काठमाडौंमा सवारीसाधनको जाम (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको ४८ दिन पुगेको छ । 

गत चैत ११ बाट जारी गरिएको लकडाउनको ४८औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरूसँगै केही अन्य पसलहरू पनि खुल्न थालेका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरू खोल्ने निर्णय गरेपछि केही भिड बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै निजी पासवाहक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । सडकमा गुडेका सवारीसाधन हेर्दा झन्डै जाम व्यवहोर्नुपर्ने अवस्था छ । 

मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरू अझै बन्द रहे पनि विभिन्न क्षेत्रमा रहेका तरकारी, खाद्यान्न तथा औषधि पसलहरू भने पूर्ण खुलेका छन् । विगतका दिनभन्दा धेरै सवारीसाधन गुडेको देख्दा लकडाउन खुलेकै हो कि भन्ने सर्वसाधारणलाई महसुस भएको छ । 

Global Ime bank

सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दूध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधिलगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।

काठमाडौंमा गाडी चलाउने समय तोकियो, पानी र स्वास्थ्यका सवारी दिनभर चल्ने

बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत् उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धी उद्योगलगायत क्षेत्र सञ्चालन छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री वितरण गर्ने व्यावसायिक मलहरू र होटल तथा रेस्टुरेन्टहरू सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ । 

आज उपत्यकामा देखिएका थप तस्बिरहरू :

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC