site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घुससहित पक्राउ परेका जिल्ला अदालत कास्कीका स्रेस्तेदारविरुद्ध आरोपपत्र दायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोको कार्यालय पोखराबाट गएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । 

अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रयोजनका लागि घुस मागेको सूचना पाएपछि पुगेको टोलीले पराजुलीलाई सेवाग्राहीसँग ३० हजार घुस  बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणका रुपमा जिल्ला अदालत, कास्कीमा पेस भएको सेवाग्राहीको ग१च २३६३ नं को कार अदालतको आदेशबमोजिम छुटिसकेको अवस्थामा सेवाग्राहीले चलाइरहेको कार भित्रै घूस लिएको अख्तियारले जनाएको छ । उनले आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुलमुनि पैसा फ्याकेको आवस्थामा बरामद गरेको हो । 

उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को  बमोजिम जरिवाना र कैद सजाय माग गर्दै
 विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC