site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गल्ती सच्याउँदै चिनियाँ मिडियाले भन्‍यो- 'सगरमाथा नेपाल-चीन सीमा' 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिनियाँ सञ्‍चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्‍यो, "सगरमाथा नेपाल-चीन सीमामा छ ।"  

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, "नेपाल-चीन सीमामा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्‌मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।"

Agni Group

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, "चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।" 

चिनियाँ सञ्‍चारमाध्यमले भन्यो - सगरमाथा चीनमा पर्छ

चीनले सगरमाथाको उचाई नाप्ने, 'सर्भे र म्यापिङ' लागि ५३ सदस्यीय टोली पठाउँदै 

यसअघि सगरमाथाको उचाइ सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथाको उचाइसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो । 

Global Ime bank

चीनले सगरमाथाको उचाइ निर्क्योल गर्न बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो । 

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा चोमोलोङ्‌मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाइ चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ । 


 

In pictures????: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl

— CGTN (@CGTNOfficial) May 10, 2020

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC