site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौंको जनजीवन सहज बन्दै, पाँचजना बढी जम्मा हुन नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न उद्योग खुलेपछि जनजीवन केही सहज बनेको हो ।

विगतको तुलनामा आइतबारदेखि प्रहरी पनि केही लचिलो देखिएको छ । यसअघि प्रहरीले लकडाउनमा कडाइ गर्दै आएको थियो । यस्तै काठमाडौंका भित्री क्षेत्रमा खाद्यान्न, इलेक्ट्रिक पसल, तरकारी पसल, पुस्तक पसलसमेत खुलेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यातायतका साधनसमेत विगतको तुलनामा बढी गुडेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले सरकारले खुला गरेको क्षेत्रमा जानेहरूलाई नरोकिएको तर अनावश्यक रूपमा निस्किएकाहरूलाई आएकै स्थानतर्फ फिर्ता पठाइने बताए । पोखरेलले भने, “भिड नगर्न आग्रह गरिरहेका छौं । कामका लागि निस्किएकालाई अवरोध गरेका छैनौं । नियमित जाँच र सोधपुछ भने गर्छौं ।”

काठमाडौं उपत्यका भित्रिने नाकामा समेत कडाइ गरिएको डीआईजी पोखरेलले बताए । उनले भने, “विगतको तुलनामा आजबाट सवारीसाधन र मानिसको चाप सडकमा बढी देखिन्छ । तर लकडाउन हटेको होइन । सामाजिक दूरी र स्वास्थ्यमा ध्यान दिएर सबैले सरकारले तोकेको काम गर्न सक्छन् । तर अनावश्यक भिड गरे नियन्त्रणमा लिन्छौैं ।”

Global Ime bank

यस्तै आज पहिलोपटक काठमाडौंमा एकजना पनि ‘होल्ड’मा परेका छैनन् । यसअघि लकडाउन तोडेको आरोपमा प्रहरीले दैनिक १५ सय बढीलाई कारबाही स्वरूप होल्ड गर्दै आएको थियो । डीआईजी पोखरेलले कामको उचित प्रयोजन भए प्रहरीले कसैलाई होल्ड नगर्ने स्पष्ट पारे । 

पोखरेलका अनुसार पाँच जनाबढी जमा भएमा भने प्रहरीले नियन्त्रणमा लिनेछ । उनले भने, “कोरोनाको जोखिम कम भइसकेको छैन । हामी सचेत हुन जरुरी छ । यस्तोमा अनाश्यक भिड गर्न खोजे नियन्त्रणमा लिएर कारबाही गर्छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC