site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हावाहुरीले क्वारेन्टाइन उडायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्युठान । प्युठान नगरपालिका ४ बिजुवार गणतान्त्रिक खेलमैदानमा गए राति हावाहुरीसहित परेको पानीले निर्माण गरिएको क्वारेन्टाइन उडाएको छ ।

रातको करिब २ बजे पानीसहितको हावाहुरीले क्वारेन्टाइन उडाएको थियो । प्युठान २, सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टाइनमा १५ दिनदेखि बस्दै आएका आएका पाँचजनाको आरडीटी गर्दा दुईजनाको पोजेटिभ रिपोर्ट आएपछि तिनलाई गणतान्त्रिक खेलमैदानको क्वारेन्टाइनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । 
उनीहरुलाई तत्काल सुरक्षित ठाउँको व्यवस्थापन गरिने जनाइएको छ । हावाले क्वारेन्टाइनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । 

जोखिममा रहेकाको पीसीआर परीक्षण
जिल्लामा जोखिममा रहेकाहरुको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको छ । प्युठान नगरपालिकाबाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिबार स्वाब संकलन गरी आज (आइतबार) प्रदेश जनस्वास्थ्य प्रयोगशाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार प्युठान २, दाखाक्वाडीका दुई व्यक्तिमा आरडीटी नतिजा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
 
उनका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदीले जानकारी दिए । जिल्लाभर क्वारेन्टाइनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाब परीक्षण गराइने सुवेदीको भनाइ छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC